काठमाण्डौ । विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डका रुपमा नाम कमाएको क्लोजअप नेपालले यादगार पलहरु बनाउँदै युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धतालाई जारी राख्दै अति अपेक्षित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिपको खुसी र गर्व साथ घोषणा गरेको छ। 

यही नोभेम्बर २५ मा काठमाण्डौको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुन गइरहेको कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गरिरहेको छ। कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ। 

पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक सञ्जालमा फर्स्ट मुभ #NajikAau डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो। 

यो स्पोन्सरसिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो। यस कार्यक्रमको टाइटल स्पोन्सरका रुपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा स्रोतासँग दीर्घकालिन सम्बन्ध स्थापना गर्नु हो ।
यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकप्रति क्लोजअप नेपालले आभार व्यक्त गरेको छ।