काठमाण्डौ।लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।

नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक  रहेको छ ।

यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोससँगको सहकार्यमा विकास गरेको हो ।

कम्पनीका अनुसार यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्ममार्फत् अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीहरुको निमित्त ग्राहकमार्फत् भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ ।


उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहज रूपमा कार्डमार्फत् अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधाले देशमा ई-कमर्स कारोबार बढ्ने विश्वास कम्पनीले लिएको छ ।