काठमाण्डौ ।टिभिएस एन्टर्कले १ लाख ग्राहकहरुको मन जित्न सफल भएको छ ।

जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको हो ।

सन् २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरुमा टिभिएस एनटर्क १ लाख बिक्री भइसकेको कम्पनीले बताएको छ ।

जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले छोटो अवधिमै एक लाख एनटर्कहरू सडकमा गुड्नुमा ग्राहकको माया र विश्वास नै महत्त्वपूर्ण रहेको बताए । 

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ ।

यसको टिभिएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । 

 

टिभिएस एक्सपिमा आरटि–एफ्आई प्रविधि, भोइस कमान्ड, राइड मोडलगायत ६० वटाभन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् ।

कम्पनीले  टिभिएस एनटर्क अहिले ३ हजार ९९९  रुपैयाँ मासिक किस्तामा उपलब्ध रहेको बताएको छ  ।