काठमाडौं । अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न भएको छ । उक्त राइड पुस २८ गते सम्पन्न भएको हो । 

अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले राइड आयोजना गरेको हो । अप्रिलियाको टेकु सोरूबाट नगरकोटसम्म राइड आयोजना भएको थियो । 

राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनीका निर्देशक एवंम सीईओ विजय महतोले जानकारी दिएका छन् ।  

उक्त अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु समेत आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजरले बताएका छन् । 

अप्रिलिया प्रिमियम प्रडक्ट भएको र ब्राण्डलाई थप परिचित बनाउँन राइडको आयोजना गरिएको उनले बताए ।