काठमाण्डौ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नयाँ योजना ‘तिमी, म र टिभिएस’ सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट सुविधाहरु समावेश गरेर ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको हो ।

नयाँ योजनाअनुसार टिभिएसका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकहरुले ८हजार रुपैयाँसम्मको नगद छूट, ईएमआई सुविधा ३ हजार ९९९ रुपैयाँ बाट सुरु, २५ प्रतिशत न्यूनतम डाउन पेमेन्ट र ११.९९ प्रतिशतको सहुलियत ब्याजदर जस्ता उत्कृष्ट सुविधाहरु पाउने छन् ।

कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरी र बागमती जस्ता स्थानहरुमा लागू हुने छैन ।

साथै स्कुटर तथा मोटेटहरुमा पनि यो योजना उपलब्ध नहुने कम्पनीले बताएको छ ।

उक्त कम्पनी नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।