काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले उदयपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ ।


कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका- ८, उदयपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका १९१ जना विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको हो ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ भएकाले न्यानो स्वेटर प्रदान गरिएको कम्पनीले बताएको छ । 

 

विद्यालयमा अयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरी देखि कक्षा १० सम्मका ती विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो ।
 

यसैगरी, कम्पनीको कालिकानगर शाखा, बुटवलले पनि स्थानीय श्री मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको कम्पनीले बताएको  छ।
 

कम्पनीले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १७लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।