काठमाण्डौ। माउण्टेन ड्युले हिमाल आरोही गेल्जे शेर्पाको ‘चो यु हिमाल (८,१८८ मिटर) आरोहण’ मा सघाउने भएको छ ।

गेल्जेले ‘डेथ जोन’को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राखेर अदम्य साहस, करुणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएको माउण्टेन ड्युले बताएको छ ।

माउण्टेन ड्युको नारा ‘डरको अघि जित छ’ को मान्यतालाई आत्मसात् गर्दै पर्वतारोही गेल्जेलाई सघाउन लागेको बताइएको छ ।

गेल्जेले नयाँ उचाइमाथि जित हासिल गर्ने र नेपालका शेर्पालाई पहिचान दिलाउने लक्ष्य राखेको र यो लक्ष्यमा माउण्टेन ड्यु भरपर्दो सहयोगीको रूपमा उभिएर मद्दत गर्न अग्रसर भएको बताइएको छ ।

पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले अतुलनीय बहादुरीलाई दर्शाउने डेथ जोनबाट एक पर्वतारोहीको वीरतापूर्वक गरिएको उद्धार कार्यमा खटिने गोल्जेको कार्य वास्तवमै माउण्टेन ड्युको भावनासँग पूर्णत : मेल खाने बताए ।

‘गेल्जेको आरोहण अभियान २०२५ लाई सक्रिय रूपमा हामीले साथ दिंदै छौं र यो अभियानमा हामी एक पर्वतारोहीलाई साथ मात्र दिइरहेका छैनौं, हामी अदम्य साहस, बहादुरी र बलियो जोशको प्रत्यक्षदर्शी पनि बनिरहेका छौं’ उनले भने ।