काठमाण्डौ ।छिमेक लघुवित्त वित्तीय संस्थाको कामू प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दिपक निधि तिवारी नियुक्त भएका छन् ।

कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को  व्यवस्था भएसम्मका लागि उनलाई कामू सीईओको जिम्वेवारी दिने निर्णय गरेको हो । 

यसअघि कम्पनीको सीईओमा चोलराज शर्मा जोशी थिए । उनको पदावधि माघ ५ गते सकिएको छ ।

कम्पनीले कम्पनीमा नायव महाप्रवन्धक पदमा कार्यरत कर्मचारी तिवारीलाई माघ ६ गतेदेखि लागू हुने गरी कामू सीईओमा नियुक्त गरेको हो ।