काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

संस्थाको संस्थापकको नाममा रहेको १४ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको संस्थाको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।