काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक सेयरधनीहरुले धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा कमलादीमा रहेको सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।