पोखरा । नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा बस सेवा सञ्चालन गर्दै आएको उज्यालो यातायात व्यवसायी सङ्घले पोखराबाट पनि देशका विभिन्न १२ स्थानका लागि बस सञ्चालनको तयारी गरेको छ ।
बस सञ्चालनबारे जानकारी गराउन भएको पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष नलबहादुर गुरुङले २०६८ यता पूर्वी नेपालका झापा, मोरङ, काठमाडौँ, फिदिमलगायत स्थानमा बस सेवा सञ्चालन गरिएकोमा पोखराबाट पनि देशका विभिन्न १२ स्थानमा बस सञ्चालन गर्न लागिएको बताए ।
काँकडभिट्टादेखि पोखरा हुँदै बागलुङसम्मका लागि दुईवटा बस सञ्चालनको अनुमति पाइसकेको र अन्य रुटमा पनि बस सञ्चालनको तयारी भइरहेको उहाँले बताए ।
विगतदेखिको एकाधिकारका कारण सङ्घको बस सञ्चालन गर्ने सम्बन्धमा विभिन्न बाधा छिचोल्दै सन्चालन गर्न लागिएको बताउँदै उहाँले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट सेवा दिने कुरामा आफूहरू प्रतिबद्ध भएको उल्लेख गरे ।
यसैबीच, बस सञ्चालनको विषयलाई लिएर पृथ्वी राजमार्ग यातायात व्यवसायी र उज्यालो यातायात व्यवसायीबीच सोमबार झडप हुँदा दुवैतर्फका गरी सातजना घाइते भएका छन् । रासस
                            
                            
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19