काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रिय गौरव तथा युगान्तकारी आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको छ।

महालेखाले आफ्नो ५८ औँ वार्षिक प्रतिवेदनमा ती राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७६/७७ सम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। उक्त आवसम्म सबैभन्दा बढी भौतिक तथा वित्तीय प्रगति माथिल्लो तामाकोशी आयोजनाको देखिएको छ। त्यतिबेला यो आयोजनाको ९९.४ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको देखिएको छ। 

यसैगरी मेलम्ची खानेपानी आयोजनाको ९७ प्रतिशत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत भौतिक प्रगतिको काम सकिएको छ। 

पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषको पनि क्रमशः ८६ प्रतिशत र ८५ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको प्रतिवेदनले देखाएको छ। 

नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ मा समृद्ध नेपालको आधारशीला निर्माण गर्ने सिँचाइ सुविधामार्फत कषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने पूर्वाधारको विकास गर्ने उद्देश्यले महत्वपूर्ण १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो। यस्ता राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७६/७७ सम्म २४ वटा पुगेको देखिन्छ ।  

राष्ट्रिय गौरवका आयोजनाहरुको २०७६/७७ सम्मको खर्च र प्रगति यस्तो छ –