काठमाण्डौ । विश्वमा बढी आम्दानी गर्ने अभिनेताको सूचीमा भारतीय कलाकार अक्षय कुमार चौथो स्थानमा पर्न सफल भएका छन् ।
फोब्र्स पत्रिका हालै सार्वजनिक गरेको सन् २०१९ मा विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेताको सूचीको अक्षय कुमारले चौथो स्थान बनाउन सफल भएका हुन् । यो सूचीको पहिलो नम्बरमा ख्यातिप्राप्त अभिनेता डबेन जनसन । उनी ख्यातिप्राप्त रेसलर पनि हुन् । रेसलिङ जगतमा उनलाई रकको नामले चिनिन्छ ।
यसअघिको फोब्र्सको सूचीमा अक्षय कुमार ३३ औँ स्थानमा थिए । यो वर्ष भने उनले भारी छलाङ मार्दै चौथो स्थान हासिल गर्न सफल भएका हुन् ।
फोब्र्सका अनुसार अक्षय कुमारको आय ६.५ करोड डलर रहेको छ। सूचीको तेस्रो नम्बरमा रहेका रोबट डाउनी जुनियरको कमाइ ६.६ करोड डलर रहेको छ । अक्षय कुमार रोबट डाउनीभन्दा थोरै पछिमात्र छन् ।
त्यस्तै दोस्रो नम्बरमा रहेका अभिनेता क्रिस हेमस्वर्थको कमाई ७.६४ करोड डलर रहेको छ । पहिलो नम्बरमा रहेका डबेन जनसनको कमाइ भने ८.९४ करोड डलर रहेको छ ।
यो सूचीमा सलमान खान, आमिर खान र शाहरुख खान कसैले पनि स्थान बनाउन सकेनन् ।
अक्षय कुमारलाई फोब्र्सले सन् २०१८ मा यो सूचीको ७६ औँ स्थानमा राखेको थियो । त्यतिखेर उनको आम्दानी ४.०५ लाख करोड डलर थियो ।
फोब्र्सका अनुसार अक्षय कुमारले सन् २०१९ मा हरेक फिल्मका लागि ५ं लाख डलरदेखि १ करोड डलरसम्म चार्ज लिएका छन् । यसका साथै उनले २० वटाभन्दा बढी ब्रान्डका विज्ञापनमा काम गरेर करोडौँ रुपैयाँ कमाएका छन् । उनी टाटा र हारपिक बाथरुम क्लिनरजस्ता ब्रान्डका लागि विज्ञापनमा काम गर्छन् ।
हालै रिलिज भएको अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ अहिले धमाल मच्चाइरहेको छ । यो फिल्मले रिजिल भएको सात दिनभित्रै १९३.६ करोड रुपैयाँ कमाइसकेको छ ।
‘मिसन मंगल’ भारतको पहिलो स्पेस फिल्म पनि हो । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago