काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी सोमबारदेखि सफल परिक्षण कार्य भइसकेको छ ।
परिक्षण प्रसारण पूरा गरी यो आयोजनाले असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । २०७३ असोज १२ मा विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ।
दार्चुलामा रहेको यो आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । यसमध्ये सुक्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया बलाँच सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने विश्वास कम्पनीले लिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago