-ताराप्रसाद फुल्लेल
पूँजीबजार थला पर्यो, किन हुन्छ खेल !
धैर्यताले बाँध तोडे, बाहिर आउला झेल !!
नीतिनियम बनाएर, काम समयमै सक्ने !
निर्णय गरि सकेपछि, जाल नगर रोक्ने !!
हामी सधै लागिराछौं, व्यवस्थित गरौं भनी !
बजार धेरै खस्किसक्यो, गुम्यो धन पनि !!
कुरा सुन्छौ काम गर्दैनौ, किन पार्छौ पछि !
तलव अनि भत्ता खान्छौ,पदमा बसी–बसी !!
नियामकहरूबीचमा पनि, दोषारोपण गर्दै !
आम लगानीकर्ता बस्नुपर्ने, यस्तै दृश्य हेर्दै !!
अनलाईनको ईस्यु पनि, लामो समय चल्यो !
बल्ल–बल्ल धिपि धिपि, मैन बत्ती झैं बल्यो !!
सेवोन हाम्रो अभिभावक, अधिकार छ यसमै !
सर्वाधिकार सम्पन्न छ, यस क्षेत्रको देशमै !!
शेयर बजार यस्तो क्षेत्र, हो अर्थतन्त्रको ऐन !
राजश्व सधै आईरहने, निरन्तर हरेक महिना !!
कहिले भन्छन्–अनुत्पादक, कहिले जुवा घर !
गृहिणीदेखि विद्यार्थीसम्म परेका छन भर !!
नीतिनियम राम्रो बने, कोही खेल्ने थिएनन् !
लगानीकर्ता ढुक्क हुने, वातावरण नै दिएनन् !!
कहिले उहाँ बोल्नु हुन्छ, दायित्व नै छैन गरी !
स्वार्थ पूर्ति गर्ने तत्व, घुम्छन यिनकै वरिपरि !!
माथि हो कि मन्त्रालय, नियामक हुन्छ ठूलो !
पानी धेरै जम्मा भयो, कसले काट्ने कुलो !!
छिमेकीमा आज इण्डेक्स, ३७ हजार माथि !
हाम्रो ईण्डेक्स १२ सय, तमासा हेर्नेको ताँती !!
लाजै लाग्नुपर्ने हो यो, इण्डेक्स देख्दाखेरी !
ढुक्क भई बस्ने किन, यस्तो दृश्य हेरि हेरि !!
अहिले आएर सिजिटिमा, गडबड भयो किन !
लगानीकर्ता ढुक्क हुने, कहिले आउँछ दिन !!
कहिले भ्याट कहिले प्यान, समस्या छ यसमा !
सिजिटिमा पूरै छुट छ, बाहिर कुनै देशमा !!
एकअर्कामा दोष पन्छाउने, किन हुन्छ काम !
पूँजीबजारलाई डुबाएर, के कमाउनु छ नाम !!
पूँजीबजार व्यवस्थित भए, एनआरएन आउँथे !
आफ्नो देश र लगानीको, महसुस गर्न पाउँथे !!
यो क्षेत्रको कुलमान चाहियो,अन्धकार हटाउने !
पूँजीबजार व्यवस्थित गरी, गल्तिलाई मेटाउने !!
जश लिन सबै खोज्छन,अर्कोलाई जस दिन्नन !
गल्ती कहीँ भयो भने, जिम्मेवारी किन लिन्नन !!
राम्रा काम नि भएका छन, केही छन अझै गर्न !
आवश्यक छ राम्रो व्यक्ति, निरन्तर लागिपर्न !!
केही गरौं पूँजीबजारलाई, सुन्नु नपरोस् गाली !
राम्रो गर्ने सम्पूर्णलाई, दुई हात बजाई तालि !!
(कवि फूल्लेल सेयर लगानीकर्ता संघका उपाध्यक्ष पनि हुन् ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19