काठमाण्डौ । विश्वका उत्कृष्ट टेनिस खेलाडी रोजर फेडेरर सर्वाधिक कमाइ गर्ने खेलाडीको शीर्ष स्थानमा पुग्न सफल भएका छन्। यसरी सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा पुग्ने उनी पहिलो टेनिस खेलाडी पनि हुन्।
गत वर्षको तुलनामा ३८ वर्षीय फेडेरर चार स्थानमाथि उक्लिदै शीर्ष स्थानमा रहन सफल भएका हुन्। फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुग्न सफल फेडेररले विश्वका चर्चित फुटबल खेलाडी लियोनेस मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन्।
कोरोनाभाइरसको महामारीका कारण फुटबल खेलाडीहरुले तलबमा कटौती गरेपछि फेडरर शीर्ष स्थानमा उक्लन सफल भएको फोर्ब्सले जनाएको छ ।
फेडेररले गत वर्ष ८६.२ मिलियन पाउन्ड कमाइ गरेका छन् । यसमध्ये ८१ मिलियन पाउन्ड उनले इन्डोर्समेन्टबाट नै आम्दानी गरेका थिए ।
यो सूचीको शीर्ष पाँच स्थानमा क्रमशः फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो (८५ मिलियन पाउन्ड), मेस्सी (८४ मिलियन पाउन्ड), नेयमार (७७.५ मिलियन पाउन्ड) र बास्केटबल खेलाडी लेब्रोन जेम्स (७१.५ मिलियन पाउन्ड) छन् । – एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago