काठमाण्डौ । कोरोना संक्रमणबाट ग्रामी अवार्ड बिजेता चर्चित अमेरिकी ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मंगलबार मृत्यु भएको छ।
रुनीकी प्रचारक लिडिया लिबम्यानले यसको पुष्टि गरेकी हुन्। उनका अनुसार ५९ वर्षीय रुनीको उपचारका क्रममा न्युजर्सीस्थित सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको हो। ‘यो खबर सुनाउनुपर्दा म निकै दुःखी छु’, उनले भनिन्।
सीएनएनका अनुसार अर्को चर्चित जाज संगीकार माइल्स डेभिजले पनि रुनीको निधनमा शोक व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘रुनी विश्वभरका जाज संगीतकारका लागि प्रेरणाका स्रोत थिए।’
रुनी आफ्नो सांगीतिक यात्राका क्रममा २० वटाभन्दा बढी एल्बम निकालेका छन्। उनले ४ दशक सांगीतिक क्षेत्रमै बिताए।
रुनीको अन्तिम एल्बम ‘ब्लू डन, ब्लू नाइट्स’ बनेको छ। रुनीले सन् १९९५ मा ग्रामी अवार्ड प्राप्त गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19