 
                     
                                
                             
                                    काठमाण्डौ । लोकप्रिय संगीतकारहरु रोहित शाक्य र मनोजकुमार के.सी. संगीत क्म्पोजरहरुको रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन–२ का लागि एकसाथ भएका छन् । २६ वटा नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन् ।
प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दाबाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग रोहित शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने मनोज के.सी.ले मोक्तान परिवार र सञ्जय श्रेष्ठसँग काम गर्नेछन् । उनीहरु दुवैले एउटा मुख्य कोल्याबोरेटिभ गीतमा विभिन्न कलाकारहरुसँग सांगीतिक सहकार्य गर्नेछन् ।
मनोज के.सी. भन्छन्,“टुबोर्ग ओपन सेसन्स् सिजन–१ निकै सफलतापूर्वक राम्रो र रमाईलो रह्यो । पहिलो सिजनमा धेरै कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो । यस सिजनमा मेरो धेरै गीतहरुमा काम गर्ने समय पनि मिलेको छ, पहिलेभन्दा अझ राम्रो हुने आशा राख्दछु ।”
यस वर्ष संलग्न रहेका गायक रोहित शाक्य भन्छन्,“टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सहभागी हुन पाउनु मेरो लागि एउटा नयाँ अनुभव हो । साच्चै, म सुट अघि एकैपटक उत्सुक र अलि चिन्तित थिए । कामहरु मैले सोचेको भन्दा पनि राम्रो भएको छ । हामीले केही ज्याज, मधुर र पूर्वीय शैलीमा सहकार्यहरु गरेका छौ र यी सहकार्यहरुले टुबोर्ग ओपन सेसन्स्को सारलाई राम्रो न्याय गरेको छ भन्ने लागेको छ । टुबोर्ग, आरबिट्ररी र विभिन्न कलाकारहरुबीचकोे यो ठूलो सहकार्य रहेको छ ।”
टुबोर्ग ओपन सेसन्स् सिजन–२, यी प्रतिभाशाली कलाकारहरुको सहकार्य मार्पmत विभिन्न सांगीतिक शैलीहरु मिलाई सांगीतिक विधाहरुको सीमा तोड्दै अद्वितीय विधाको प्रस्तुती पेश गर्नेबारे रहेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19