काठमाण्डौ । नब्बेको दशकतिर बहुचर्चित प्रेमगीत ‘माया मेरी माया’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
मूलतः ‘क्रसरोड्स’ ब्यान्डले प्रदर्शन गरेको उक्त गीत च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने ‘टुबोर्ग ओपन सेसन्स् २’ मा सञ्जय श्रेष्ठले संगीतकार बिनायक शाहका साथमा प्रदर्शन गरेका हुन् । सन् १९९२ मा श्रेष्ठले पप ब्यान्ड ‘क्रसरोड्स’ स्थापना गरेका थिए । जसले आफ्नो पश्चिमी र नेपाली सांगीतिक शैली मिलाई प्रस्तुत गरेका गीतहरुबाट लोकप्रियता प्राप्त गर्यो ।
श्रेष्ठले ‘माया मेरी माया’ लगायत विभिन्न लोकप्रिय गीतहरु निर्माण गरेका छन् । क्रसरोड्सको पहिलो एल्बम ‘नयाँ मोड’ मा ‘अन्जान मायालु’, ‘त्यो मुटुलाई’ र बहुचर्चित ‘माया मेरी माया’ जस्ता गीत समावेश थिए । जसले ब्यान्डलाई नेपाली संगीत क्षेत्रमा चिनाउन सहयोग पुर्यायो ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो । जसमा विभिन्न प्रसिद्घ कलाकारको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएका प्रस्तुतिहरु पेस गरिन्छ ।
उक्त डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्यमार्फत पुराना र हालका लोकप्रिय गीतहरुको बढवा गर्दछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।
टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररीमार्फत युट्युबमा अपलोड गरिएको थियो । जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।
टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ । जसले नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ निर्देशक वैभब शर्मा भन्छन्, “टुबोर्ग ओपन सेसन्स् नेपाली संगीतको बढवा गर्ने हाम्रो निरन्तर प्रयासको एक पहल हो, जसले प्रख्यात कलाकारहरूको प्रशंसा गर्दछ र उदाउँदो कलाकारहरूलाई मञ्च प्रदान गर्दछ । अहिलेको यस डिजिटल संसारमा हामी सोच्छौ युट्युब संगीत प्रेमी र धेरै दर्शकहरुमाझ पुग्न र कलाकारहरूलाई प्रोत्साहन प्रदान गर्न उत्तम तरिका होे।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago