काठमाण्डौ । टुबोर्ग ओपन सेसन २ को लागि महेश काफ्ले तथा त्रिशला गुरुङ्गले आफ्नो प्रख्यात गीत नाच फिरिरि प्रस्तुत गरेका छन् ।
छोटो समयमा नै अत्याधिक चर्चित हुन पुगेको सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन २ को लागि थप संगीत भरेका छन् ।
महेश तथा त्रिशलाद्वारा गाईएको सो गीतमा लोक र आधुनिक दुवै संगीतको सुमधुर समिश्रण पाईन्छ । सांगितिक परिवारबाट आएका महेश काफ्ले आफैंले उक्त गीतको रचना गरेका हुन भने गायन क्षेत्रमै आफू अत्यन्तै सन्तुष्ट रहेको कुरा पनि उनले व्यक्त गरेका छन् ।
उनले ६ महिनासम्म नाच फिरिरिमा गोप्य रुपमै काम गरेका थिए भने गीत सार्वजनिक भएको छोटो अवधिमै दर्शक श्रोताहरुले उक्त गीतलाई अत्यधिक रुचाएका थिए । प्रारम्भिक चरणमा इन्स्टाग्रामबाट आफ्ना कभर भिडियोहरु अपलोड गर्दै आएकी त्रिशला गुुरुङले कम समयमा नै धेरै ख्याती प्राप्त गरिन । बाल्यकालदेखि नै संगीतमा अत्यन्तै रुचि राख्ने उनले धेरै प्रतियोगिताहरुमा पनि भाग लिईन् । महेश र त्रिशला दुवैजनाले संगीत क्षेत्रमा आफ्नो योगदानवापत धेरै पुरस्कारहरु पनि प्राप्त गरेका छन् ।
२०१८ मा आरबिट्ररीद्वारा टुबोर्ग ओपन सेसन एक युट्युब च्यानल शुरु गरिएको थियो जसमा ५१ वटा गीतहरुको श्रृंखला संकलित थिए भने १ करोड भन्दा धैैरै भ्यूज प्राप्त भएको थियो । टुबोर्ग ओपन १ को अपार सफलतापछि थप नयाँ संगीतकार, गायकगायिकाहरुका साथ अझ परिष्कृत रुपमा टुबोर्ग ओपन २ दर्शकहरुको सामु पुनःआएको छ ।
टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्बन्ध रहेको छ, जसले नयाँ कलाकारहरुलाई बजारमा पहिचान बनाउन मद्धत गर्दै आईरहेको छ भने पुराना तथा नव कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमा धेरै दर्शकहरुमाँझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्गले अग्रणी भूमिका खेल्दै आइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19