काठमाण्डौ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले हाल कायम सरकारी बिदामध्ये एक चौथाइ कटौती गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी बिदा धेरै भएको बताए । उनले भने, सरकारी बिदा धेरै भएको जनगुनासो सम्बोधन गर्न एक चौथाइ बिदा कटौती गर्ने व्यवस्था सरकारले तत्काल गरोस ।’

विकसित देशहरुमा भन्दा धेरै बिदा नेपालमा रहेको भन्दै उनले कटौतीको माग राखेका हुन् ।

सरकारले २०७९ चैत २ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०८० सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।