काठमाण्डौ । बलिउडका महानायक अमिताभ बच्चन र उनका पुत्र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि बच्चन बाबु–छोरालाई शनिबार राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ। महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले भने, ‘बच्चन बाबु–छोराको एन्टीजेन टेस्ट गरिएको थियो, जसको नतिजा दुवैमा पोजेटिभ आयो।’
परिवारका अन्य सदस्य जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना टेस्ट गरिएको छ। उनीहरुको नतिजा आज दिउँसोसम्म आउने बताइएको छ।
अमिताभ बच्चनले ट्विट गर्दै लेखेका छन्, ‘कोरोना टेस्ट पोजेटिभ देखिएको छ। मलाई अस्पतालमा भर्ना गरिएको छ। परिवारका बाँकी सदस्य र कर्मचारीको पनि कोरोना परीक्षण गरिएको छ तर नतिजा आइसकेको छैन।’
अमिताभ बच्चनले जोकोही विगत १० दिनमा आफ्नो सम्पर्क आएकाहरुलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। अमिताभ बच्चन ७७ वर्षका भइसकेका छन्। उनले हालसम्म २०० बढी फिल्ममा अभिनय गरिसकेका छन्।
छोरा अभिषेकले हालसम्म ५० बढी फिल्ममा अभिनय गरिसकेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19