काठमाण्डौ। भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ।
वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो।
वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ।
विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ।
प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित ननफिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेस बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेन्ड बुक्स, खेल तथा सामरिकलगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।
कलिंग लिटररी फेस्टिबल(केएलएफ) अन्तर्राष्ट्रियस्तरमै चर्चित साहित्य महोत्सवसमेत हो। जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको सहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ। यो वर्ष भूवनेश्वरको स्वस्ती प्रिमियम होटेलमा आठौँ कलिंग साहित्य महोत्सव आयोजना गरिएको हो।
स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो।
कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाका अनुसार यो पटकको महोत्सवमा नेपाल साझेदारी देशका रुपमा सहभागी थियो। महोत्सवमा नेपालका राजनीतिज्ञ तथा साहित्यकारहरुको समेत निकै ठूलो सहभागिता थियो।
यो वर्षको महोत्सवको दौरान भारतबाहिर पहिलोपटक नेपालमा समेत कलिंग साहित्य महोत्सव गर्ने महत्वपूर्ण सम्झौतासमेत भएको परिदाले सो क्रममा जानकारी दिइन्। यस सम्बन्धमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’सँग केएलएफको एक सम्झौतासमेत भएको छ। नेपालमा अब यो महोत्सव प्रत्येक वर्षको अप्रिल–मईमा आयोजना गरिनेछ।
परिदाका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो।
पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरुले पुस्तकहरुको चयन गर्ने गर्छ। यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्वानहरुसमेत सहभागी हुने गर्छन्।
प्रतिष्ठित विधामा केएलएफ अवार्ड पाउने बसन्त चौधरी नेपालका साहित्यिक जगमा एक स्थापित नाम हो। उनले हिन्दी, अंग्रेजी, नेपाली, मैथिलीलगायतका भाषामा निरन्तर साहित्य सिर्जना गर्दै आएका छन्। उनले विशेषगरी गीत, गजल, कथा, निबन्धजस्ता साहित्यिक विधामा कलम चलाउँदै आएका छन्। उनका दर्जनौँ कृतिहरुसमेत प्रकाशित छन् भने उनीद्वारा लिखित दर्जनौँ गीतहरु चर्चित र कालजायीसमेत छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19