लोकप्रिय गायक, गीतकार तथा गितारिस्ट रोहित जोन क्षेत्रीले टुबोर्ग ओपन सेसन्स–२ मा ‘बिर्सेको छैनौ’ को प्रस्तुती पेश गरेका छन् । २०१८ मा उनले कम्पोज गरेका यस गीत युट्युबमा च्यानल आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स २ मा रिएरेञ्ज गरिएको छ ।
उनको गायनयात्रा आफ्नो बुवासँग सानैदेखि पुराना नेपाली र हिन्दी गीतहरु गाएदेखि सुरु भएको थियो । २०१३ मा युट्युबमा आफ्नो केही गीतहरु अपलोड गरेपछि उनको लोकप्रियता बढ्यो । गितार, तबला र हारमोनियम जस्ता विभिन्न साँगीतिक बाजाहरु बजाउन क्षेत्री पोख्त छन् । नेपालको व्यापक चर्चित ब्याण्ड१९७४ एडीको पनि उनी सदस्य रहेका थिए र हालै उनी आफ्नो सोलो कार्यहरुमा व्यस्त रहेका छन् ।
‘बिर्सेको छैनौ’ बोलको गीतले एक प्रेमी एक्लै हुनुको मर्मको र उसले पाउने पिडाहरुको अत्यन्त दुखद कथा प्रस्तुत गर्दछ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतीहरु पेश गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्फत पुराना र हालका लोकप्रिय गीतहरुको बढावा गर्दछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । टुबोर्ग ओपन सेसन्स सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्फत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19