काठमाण्डौ । स्पेनिस फुटबल लिग ‘ला लिगा’ शनिबारबाट सुरु हुँदैछ। यो प्रतियोगिता विश्वभरका फुटबलप्रेमीबीच निकै लोकप्रिय रहेको छ।
विगतमा जस्तै यो वर्षको प्रतियोगिताले विश्वभरको ध्यान तानेको छ। अझ फुटबलप्रेमीहरुले यस वर्षको प्रतियोगितालाई निकै चासोका साथ हेरेका छन्।
थुप्रै स्टार खेलाडी सहभागी हुने यो प्रतियोगितामा यस वर्ष भने हालसम्मकै उत्कष्ट खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डा देखिने छैनन्। किनकि मेस्सीले बार्सिलोना क्लब र रोनाल्डोले रियल म्याड्रिडबाट बिदा लिएका छन्।
एकातिर यी २ खेलाडीले क्लब छाड्नुले प्रतियोगिताको आकर्षण घट्ने चर्चा हुन थालेको छ भने अर्कोतिर नयाँ खेलाडीहरुले आफूलाई स्थापित गर्ने मौका मिल्ने कुराहरु पनि उठिरहेका छन्।
यसपालिको ला लिगामा फुटबलप्रेमीको नजरमा पेड्री रहनेछन्। उनको यो दोस्रो सिजन हो। पछिल्लो सिजनमा उनले ७३ खेल खेलेका थिए ।
ला लिगामा अन्य थुप्रै राम्रा खेलाडी छन् । एडेन हजार्ड र गारेथ बेलजस्ता खेलाडी खेलप्रेमीको आकर्षण बन्न सक्छन्। नयाँ खेलाडी सर्जियो अगुएरो (बार्सिलोना) र एरिक लामेला (सेभिया) पनि खेल पनि हेर्न लायक हुनेछ।
आयोजकहरुले पनि विगतमा जस्तै यस वर्षको प्रतियोगितामा आकर्षण उत्तिक हुने दाबी गरिरहेका छन्। यद्यपि कोरोना महामारीबीच हुन लागेको प्रतियोगिता स्वास्थ्य सुरक्षा मापदण्डलाई सजगताका साथ अपाउने आयोजकको भनाइ छ।
मेस्सी र रोनाल्डोजस्ता स्टार खेलाडी बिना मैदानमा उत्रिने बार्सिलोना र रियल म्याड्रिड क्लबको मनोबल केही कम हुने देखिन्छ भने अर्कोतर्फ कमजोर मानिएका क्लबहरुको मनोबल उच्च हुने देखिन्छ।
साबिक विजेता एट्टेटिको मड्रिड उपाधि रक्षा गर्ने दाउमा हुनेछ। क्लासिको, एट्लेटिको, सेभियाजस्ता क्लबलाई पनि उपाधिका दाबेदारका रुपमा हेरिएको छ।
यो प्रतियोगितामा नेपाली युवाहरुको आकर्षण पनि अचाक्ली रहेको छ। त्यसैले पहिलो नेपाली टेलिभिजनमै यो प्रतियोगिता हेर्न सकिने भएको छ। यस वर्षको प्रतियोगिता डिसहोमको एक्सन स्पोर्टमा प्रत्यक्ष प्रसारण गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19