काठमाण्डौ । प्रसिद्ध गायक शिव परियारको निकै लोकप्रिय गीत ‘क्या दामी भो’ टुबोर्ग ओपन सेसन्स् सिजन-२ मा सार्वजनिक भएको छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालित टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो, जसमा विभिन्न लोकप्रिय कलाकारहरुले लाईभ रेकर्डेड प्रस्तुतीहरु पेश गर्छन् ।
‘क्या दामी भो’ परियारको निकै नै रुचाईएको गीत हो । परियारले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा यस गीतलाई नयाँ स्पर्शका साथ प्रस्तुत गरेका छन् । उक्त गीत २०११ मा सार्वजनिक भएलगतै नेपाली संगीत बजारमा निकै सफलतापूर्वक हिट भएको थियो । टुबोर्ग ओपन सेसन्स्मा यस गीतको संगीत निर्माता र एरेञ्जरको रुपमा रोहित शाक्य रहेका छन् ।
शिव परियारले आफ्नो थुप्रै हिटहरुमार्फत थुप्रै संगीतिक अवार्डहरु हात पार्न सफल रहेका छन् । आफूलाई क्लासिकल, पप, गजल, लोक गायकको रुपमा स्थापित गरी? विभिन्न नेपाली चलचित्रहरु पनि गायन गरेका परियारको सांगीतिक यात्रा धेरैको लागि प्रेरणा रहेको छ ।
ेटुबोर्ग ओपन सेसन्स् २ डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्यमार्फत पुराना र हालका लोकप्रिय गीतहरुको बढावा गर्दछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररीमार्फत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago