काठमाण्डौ । सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वडा नं. ८ साविकको स्थानबाट करिव ४५० मिटरको दुरीमा स्थानान्तरण गरेकोे छ ।
आईतबार एक कार्यक्रमबीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले संयुक्त रुपमा लुभु शाखाको समुद्घाटन गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ ।
हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमीटेड रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago