काठमाण्डौ । सिंगापुरका यातायातमन्त्री सुब्रमन्यम इश्वरण भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् ।

स्वच्छ सुशासनका लागि विश्वलाई आफ्नो परिचय दिदै आएको सिंगापुरका यातायातमन्त्री इश्वरणलाई भ्रष्टाचारका २७ वटा अभियोगमा आज अदालतमा पेश गरिएको हो ।

उनलाई सरकारी सेवकको नायाज लाभ उठाएको सहित २७ वटा अभियोग लगाइएको हो । भ्रष्टाचारको आरोप लागेपछि इश्वरणले आजै राजीनामा दिएका थिए । इश्वरण सत्तारुढ पिपुल्स एक्सन पार्टीका सदस्य हुन्। 

सन् २०२३ जुलाईमा भ्ष्टाचारको मुद्धा सुरु भएसँगै उनले आफ्नो सबै तलब र सेवा सुविधा फिर्ता गर्ने बताएका थिए । सन् २०२३ को जुलाईमा  पक्राउ परेपछि उनलाई अनुपस्थित बिदामा थिए । पक्राउ हुँदा पनि उनलाई प्रतिमहिना ८ हजार ५०० डलर दिइएको थियो । 

यसका अलावा सांसदका रुपमा उनले अतिरिक्त १५ हजार डलर भत्ता पाईरहेका थिए । 

सिंगापुरका सांसदहरुले विश्वका अन्य देशका सांसदहरुको तुलनामा सबैभन्दा धेरै तलब भत्ता पाउने गर्छन । सिंगापुरका मन्त्रिहरुको न्यूनतम मासिक तलब ४५ हजार डलर तलब पाउने गर्छन । उच्च तलब भत्ताले भ्रष्टाचार रोक्ने सिंगापुरका नेताहरुले बताउने गरेका छन् । 

इश्वरणले अर्बपति होटल व्यवसायी ओङ बेङ सेङको व्यवसायलाई फाइदा पुग्ने गरी काम गरेबापत १ लाख ६० हजार डलरबराबरको  हवाई टिकट,होटल बसाँई र ग्राण्ड पिक्सको टिकट लिएको  आरोप लगाइएको छ । 

उनलाई सांगितिक कार्यक्रम र फुटबल खेलको टिकट लिएको समेत आरोप लगाइएको छ । 

सन् २०२३  जुलाईमा इश्वरणले ओङ बेङ सेङसंगै पक्राउ परेका थिए । ओङ बेङले सन् २००८ मा सिंगापुरमा फर्मुला वान रेस भित्रएका थिए । इश्वरणलाई लागेका सबै २७ आरोपमा ओङ बेङको नामसमेत समावेश छ । 

इश्वरणले सत्तारुढ पार्टी पिपुल्स एक्सन पार्टीका नेता हुन् ।त्यसो त आफूमाथिको सबै अभियोग उनलेअस्वीकार गरेका छन् ।

सिंगापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब लिनेमा पर्दछन् । मन्त्रीहरूको शुरुआती मासिक तलब नै ४५ हजार सिंगापुर डलरभन्दा धेरै हुन्छ ।

सिंगापुरमा यस अघि सन् १९८६ मा पनि मन्त्रीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो । अभियोगपछि तत्कालीन राष्ट्रिय विकास मन्त्री तेह चियाङ्गले आत्महत्या गरेका थिए । -एजेन्सी