काठमाण्डौ । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।
बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आह्वान भएको थियो ।
यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो । प्रतियोगितामा ७० वटा भन्दा बढी सर्ट फिल्महरु आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्न हम्मे हम्मे परेको थियो । उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए।
यस प्रतियोगिताको मुख्य उद्देश्य भनेको युवाप्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जालमार्फत साझा गर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिन मनाउनु रहेको छ । एक विशेष समारोहमाझ बुधबार साँझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गज कलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्टफिल्महरुका कथाले रचनात्मक र भिन्नाभिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ । कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, “छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबी हो । यसरी नै सिनेमा बनाउँदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दामा देख्न पाउनेछौं ।”
एनसेलकाचिफ टेक्निकलअफिसर मोहम्मदअदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।
“कथा कति सशक्त छ र प्रस्तुती कत्तिको राम्रो तरिकाले गरिएको छ भनेर निर्णायक मण्डलले निर्णय गरेका थियौं । सबै एम्मेच्योरहरु भएकाले टेक्निकालिटिज्मा त्यति धेरै ध्यान दिएनांै,” निर्णायक मण्डलका सदस्यमध्य एक शाहले भने ।
कमल सुबेदी र उनको समूहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाख नगद पुरस्कार र समूहका तीनजनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समूहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् ।
त्यस्तै विशालन्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५,००० नगद पुरस्कार र समूहका तीनजनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा प्राप्त गरेका छन् । द नेक्स्ट लेभल प्रोडक्सनको ‘वल्ड एजहोम’ले सेकेण्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समूहका तीनजनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा पाएका छन् ।
राजामहर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यीदुई सर्ट फिल्मले रु २५,०००/२५,००० का साथै यी दुई सर्ट फिल्मनिर्माण समुहका ३/३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिनासम्म पाउनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago