Social-Responsibility
मोरङ । विकासका लागि सरकारको मात्र मुख ताक्नु जिम्मेवार नागरिकका लागि लज्जाको बिषय हो । आफ्नै घर अगाडि आफैंले खाल्डो पारेको बाटो पुर्न समेत सरकारको आशा गरेर बसेकाहरुका लागि मोरङको उर्लाबारी नगरपालिकाका पाँच सर्वसाधारण प्रेरणाको स्रोत बन्न सक्छन ।
ग्रामीण क्षेत्र राजघाट–३ मा स्थित रातेहोली खोलामा छिमेकी उर्लाबारी नगरपालिकाकाका पाँच बासिन्दाले आफ्नै लगानीमा पुल निर्माण गरेर असल र जिम्मेवार नागरिकको परिचय दिएका हुन् ।
राससका अनुसार मंगलबार बिहान सांसद ऋषिकेश पोख्रेलले पुलको उद्घाटन गरे । रु. २५ लाख २१० को लागतमा उर्लाबारीका गङ्गा खरेल, प्रेमचन्द्र बाहेती, गोविन्द सुवेदी, ओम खरेल र चेतनाथ सिग्देलले सो पुल निर्माण गरिदिएका हुन् ।
बाइस फिट लम्बाइ र १८ फिट चौडाइको सो पुल निर्माण भएपछि राजघाट गाविस र आसपासका सर्वसाधारण लाभान्वित भएका छन् ।
सो अवसरमा सो पुल निर्माणका लागि जग्गादान गर्ने भुवनेश्वर महतो, सूर्यमान सिरेङ र मोतीलाल दाहाललाई सम्मान गरिएको थियो । पुलको उद्घाटन गर्दै सांसद पोख्रेलले देश निर्माणका लागि नागरिक स्तरबाट पनि पहल हुन आवश्यक रहेको बताए ।
सांसद पोख्रेलले उर्लाबारी–आम्बारी–सिजुवा सडक निर्माणका लागि रु नौ करोड ७० लाखको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै सो योजनाले उर्लाबारीसहित राजघाट, इटहरा, सिजुवा र झुर्किया गाविसका बासिन्दाको जनजीवनलाई सहज पार्ने बताए ।
यस्तै उर्लाबारीको आइतबारे–बरडङ्गा सडकखण्ड निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत यस वर्ष रु तीन करोड ५५ लाख विनियोजन हुने उनको दाबी छ । सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’कार्यक्रम तथा सामाजिक सुरक्षा भत्तामा र निर्वाचन क्षेत्र विकास कोषमा समेत बजेट वृद्धिको तयारी गरिरहेको उनले जानकारी दिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19