काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको बागडोर सम्हाल्ने संभावना बढेको छ ।
एमाले उच्च स्रोतका अनुसार अर्थमन्त्रालयमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने गरी पार्टीका शीर्ष नेताबीच सहमति भएको हो ।
यो सहमतिसँगै ओली सरकारमा ईश्वर पोखरेल अर्थमन्त्रीको रुपमा उदाउने प्रवल संभावना रहेको पार्टी स्रोतले जनाएको छ ।
यस्तै, एमालेबाट मन्त्री बन्ने सूचिमा योगेश भट्टराईको नाम समेत अगाडि आएको छ । पार्टी प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले संचार मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यस्तै, पर्वत गुरुंगलाई पर्यटनमन्त्रालय दिने तयारी गरिएको उच्च स्रोतले जनाएको छ ।
एमालेबाट सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, गोकुल बास्कोटा, शेरबहादुर तामांग, यज्ञराज सुनुवार लगायतका नेताहरु पनि मन्त्री बन्नसक्ने संभावना छ।
यसैबीच, माओवादीबाट रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागिता रहने भएको छ । थापा गृहमन्त्री बन्ने निश्चित झै भएको माओवादी स्रोतले जनाएको छ । गृहमन्त्रीमा थापा आउने भएपछि बर्षमान पुनलाई समेत शक्तिशाली मन्त्रालय दिने माओवादी तयारी छ । माओवादीबाट प्रचण्डकी बुुहारी बिना मगर, मातृका यादव, गिरिराजमणि पोखरेल समेत मन्त्री बन्दैछन् । देवेन्द्र पौडेल, चन्द्रदेव खनाल, प्रभू शाहको समेत मन्त्रीको रुपमा नाम चर्चामा ल्याइएको छ ।
सोमबार अपरान्ह ओलीले सरकार बिस्तारको तयारी गरेका हुन् । नयाँ मन्त्रीहरुको आजै सपथ ग्रहण समेत गराउने तयारी गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago