काठमाण्डौ । राष्ट्रियसभाको आज भएको उपचुनावमा रामबहादुर थापा बादललाई हराउँदै डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
एमालेको आधिकारिक उम्मेद्वार बादललाई हराउँदै एमालेकै माधव नेपाल पक्ष, कांग्रेस र माओवादीको समर्थन प्राप्त डा. देवकोटाले चुनाव जित हासिल गरेका हुन् ।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् ।बादलले ४०१४ मतभार पाए भने नेमकिपाका कृष्ण तामाङले १३२ मतभार प्राप्त गरे ।
बादल आज नै सर्वोच्च अदालतको आदेशबाट मन्त्री पदबाट मुक्त भएका थिए । आजै उनले चुनावमा समेत पराजय भोग्नु परेको छ ।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago