काठमाण्डौ। अपर तामाकोशी हाइड्रोपावरमा विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। 

कम्पनीले प्राविधिक, प्रशासन र लेखामा तेस्रो तहदेखि आठौँ तहसम्म कर्मचारी पदप्रर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले जुनियर मिस्त्रीदेखि वरिष्ठ इन्जिनियरसम्म ४४ जना कर्मचारी भर्ना गर्नका लागि दरखास्त खुलाएको छ। 

इच्छुक उम्मेदवारले आउँदो साउन ९ गतेसम्म दरखास्त पेस गर्नुपर्नेछ। 

कम्पनीमा करार अवधि १ वर्षको हुनेछ। आवश्यकता र कार्यक्षमताका आधारमा करार नवीकरण गरिने कम्पनीले जनाएको छ।