काठमाण्डौ । देशका १  वाणिज्य बैंक १ विकास बैंक र १ क्यापिटल कम्पनी गरी कुल ३ कम्पनीमा रोजगारीको अवसर खुलेको छ । ज्योति विकास बैंक,एभरेष्ट बैंक र सिटिजन्स् क्यापिटलमा  रोजगारीको अवसर खुलेको हो । 

सिटिजन क्यापिटलले डेप्युटी सीईओ पद/म्यानेजर स्टाफ लेभल का लागि एक जना माग गरेको छ । यो पदका लागि वित्त,अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणी( ३ जीपीए) मा एमबीए गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

इच्छुक आवेदकले यो पदका लागि जनवरी २४ भित्र आवेदन दिनुपर्नेछ । 

त्यस्तै ज्योति विकास बैंकले केहि संख्यामा चाटर्ड अकाउन्टेण्ट माग गरेको छ । यो पदमा आवेदन दिनको आवेदकको उमेर ३५ वर्ष पुरा नभएको हुनुपर्नेछ । इच्छुक आवेदकले यो पदका लागि जनवरी २४ भित्र आवेदन दिनुपर्नेछ । 

एभरेष्ट बैंकले दिल्लीमा रहेको प्रतिनिधि कार्यालयका लागि एक जना प्रमुख प्रतिनिधि अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको हुनुपर्नेछ ।

यस्तै इच्छुक आवेदकको उमेर ४० वर्ष पुरा नगरेको हुनुपर्नेछ । इच्छुक आवेदकले यो पदका लागि जनवरी २४ भित्र आवेदन दिनुपर्नेछ ।