काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र संचार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।
भदौ १९ गते शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा निजले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेकी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
प्रधानमन्त्री रिक्त मन्त्रालयहरुमध्ये अर्थ समेत आफैसँग राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले राजीनामा दिएपछि सो पद आजैबाट रिक्त छ । सो पदमा बामदेव गौतमले जाने मन गरेका भए पनि प्रम ओलीले भने मन्त्रालय आफैंसँग राखी अर्थमन्त्रीबाट विदा भएका डा. खतिवडालाई प्रमुख सल्लाहकार बनाउन चाहेका छन् । उनले अर्थमन्त्रीबाट विदा भएका डा. खतिवडालाई आफूसँग राखेको अर्थ मन्त्रालयको तालाचाबी दिने चर्चा भइरहेको बेला यो विषय बाहिरिएको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति यस्तो छ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago