KP Oli
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन् ।
उनले भने–‘मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिँन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।’
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आज आयोजित गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, केको दशा लाग्नु र ? भन्दै ठट्टा गरे ।
तीनदिने सो गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ । उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकांक्षी योजनाले काम गरिरहेको जनाएको छ । यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ ।
प्रधानमन्त्री ओलीले प्रश्न गरे–‘लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु ? छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा ग¥यो भन्छन् ।’
उनले अन्तरिक्षमा नेपालले आफ्नै स्थान लिनुपर्छ भन्दै यसले दूरसञ्चारले सहयोग पु¥याउने चर्चा गरे । सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न प्रतिबद्ध रहेको समेत उनको भनाई छ ।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा. सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पु¥याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो संस्थाका कार्यकारी निर्देशक प्रा.डा. शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए ।
खगोल र अन्तरीक्ष विज्ञानका प्रा.डा. उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ ? भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्छ भने ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago