नेपाली उद्योगको क्षेत्रमा महिलाहरुको उपस्थिति एकदम न्यून छ । महिला उद्यमीहरुको नाम लिनुपर्दा आउने एकदम थोरै नाममध्ये भवानी राणाको नाम अग्रसूचिमा आउँछ ।
भवानी राणा, नेपाली उद्यमको क्षेत्रमा एउटा गर्विलो नाम हो । महिला उद्यमीहरुको इतिहासमा कहिल्यै नमेटिने हस्ताक्षर हुन् उनी । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था र सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको संस्था, नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान अध्यक्षको भूमिकामा सक्रिय र प्रभावशाली नेतृत्वमा रहेकी राणा नेपाली महिलाहरुका लागि प्रेरणाको स्रोत पनि हुन् । नेपाली उद्योगमा महिला सहभागिताको एउटा विरासत राणाको जीवन सङ्घर्षको कथा बिजशालाको शनिवारीय विशेष अंकमा प्रस्तुत गरेका छौं:
सपना बुन्न सिकाउने बाल्यकाल
मेरो जन्म सन् १९६९ मा ललितपुरको सानेपामा भएको हो ।
म राजनीतिक परिवारमा जन्मेको हुँ । मेरो बुबा तत्कालीन अञ्चलाधीश हुनुहन्थ्यो । बाल्यकालमा बुबासँग एकदम धेरै ठाउँ घुम्ने अवसर पाएको थिएँ । स्कुल छुट्टी हुनासाथ म बुबासँगै जान्थेँ । बुबाको भाषण सुनेर म पनि नेता बन्छु भन्ने लाग्थ्यो । बुबा मेरो लागि रोलमोडल हुनुहुन्थ्यो ।
मेरी आमाको धारणा थियो कि आत्मनिर्भर बन्नुपर्छ । सीप सिक्नुपर्छ । हरेक कुरा सिक्न प्रेरित गर्ने मेरी आमा भन्नुहुन्यो, ‘छोरीहरुले पनि आर्थिक रुपमा सम्पन्न बन्नुपर्छ ।’
सानैमा स्वीमिङ, घोडचढी, संगीत, नृत्य सिक्न जाऊ भनेर उत्साहित गर्नुभएकै कारण मैले बाल्यकालमा नै धेरै सीप सिक्ने अवसर पाएकी हुँ ।
मैले सेन्टमेरिज स्कुलमा पढ्न पाएँ । त्यतिबेला यो एउटा राम्रो स्कुल भएका कारण मेरा लागि त्यो पनि सौभाग्य थियो ।
मेरो बाल्यकालले नै मलाई सपना बुन्न सघायो र सिकायो ।
व्यवसाय गर्ने अभ्यास
पछि म पढ्नका लागि भारत गएँ । समय–समयमा घर फर्कँदा उताबाट सामानहरु ल्याएर बिक्री प्रदर्शनीहरु गर्ने गरेँ । बुटिकहरुमा, खुला स्थानमा हामी सेल्स एक्जिभिसन गथ्र्यौं । यसरी मेरो व्यवसायिक यात्रामा अनुभव र रस पस्दै गएको थियो ।
समय–समयमा घर फर्कँदा उताबाट सामानहरु ल्याएर बिक्री प्रदर्शनीहरु गर्ने गरेँ । बुटिकहरुमा, खुला स्थानमा हामी सेल्स एक्जिभिसन गथ्र्यौं ।
साथीहरुसँग मिलेर हामीले गरेको त्यस्तो काममा कहिल्यै डिमोटिभेट भएको मलाई सम्झना छैन । बढ्ता मोटिभेसन नै भयो भन्ने लाग्दछ। साथी र परिवार सर्कलबाट उत्प्रेरणा नै पाइएको थियो ।
महिलाहरु घरबाहिर निस्किन पनि नपाउने समयमा मैले भने घरपरिवारबाट भरपूर साथ सहयोग पाएकी थिएँ ।
आफ्ना लागि आफैं कमाउनुपर्छ भन्ने पनि मैले घरमै सिकेको हुँ । आफ्नै व्यवसाय हुनुपर्छ । आफ्नै केही हुनु नै सशक्तिकरण हुनु हो भन्ने भावको ज्ञान मैले आमाबाटै सिकेको हुँ ।
उद्योगी/व्यवसायीका रुपमा नेतृत्व
असितशमसेर जबरासँग मेरो प्रेम विवाह भयो । उहाँ पनि व्यवसायको क्षेत्रमा नै हुनुहुन्थ्यो ।
मैले नेपालगञ्ज र बर्दियामा भएका व्यवसायहरुलाई राम्रो बनाउँदै अघि बढेँ । आफू सक्षम हुनुपर्छ भनेर पनि मैले मेहेनत गर्दैै रहेँ । स्नेह होटल नेपालगञ्जमा रहेको स्टार होटल हो ।
नेपालगञ्ज चेम्बर र बर्दिया चेम्बरमा पनि आबद्ध भएँ ।
महिलाहरुका लागि साथी संस्थाको संस्थापक भएर काम गरेँ । महिला उद्यमी संघको नेतृत्वमा रहेर पनि सक्रिय रहेँ । विभिन्न समुदायसँग मिलेर महिला उद्यमशीलताका लागि पनि प्रयासहरु गरिरहेँ ।
सामुदायिक विकासमा हाम्रो भूमिका अपरिहार्य हुने कुरामा मेरो ध्यान छ जहिले पनि । प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट केही न केही गर्नुपर्छ भन्ने लाग्छ ।
आफ्नै केही हुनु नै सशक्तिकरण हुनु हो भन्ने भावको ज्ञान मैले आमाबाटै सिकेको हुँ ।
सपनाको आरम्भ
उतिबेला घोकेरै पढ्नुपथ्र्यो। अहिलेको जस्तो सुविधा र प्रविधि केही थिएन ।
बाल्यकालमा संगीत, नृत्य मन पर्ने स्वभावको थिएँ म । त्यसबेला डाक्टर, इञ्जिनियर नै ठूूलो मान्ने समय थियो । अझै त्यस्तै छ ।
आमाको सपना डाक्टर बनोस् भन्ने थियो । मेरो लगाव भने अर्कै थियो । म अरुले भाषण गरेको, बोलेको देख्दा लोभिन्थेँ । आमाले नै भन्नुभएअनुसार आत्मनिर्भर बन्ने लाइनमा मेरो सोँच विकास भइसकेको पनि थियो जस्तो लाग्छ ।
स्कुल पढ्दाताकाको सपना थियो, ठूलो भएपछि सामाजिक नेतृत्वमा आउने। डाक्टर बन्ने मन पटक्कै थिएन ।
आफ्नै हातले दुई पैसा कमाउनुपर्छ भन्ने कुरा मेरो मानसपटलमा गढेर बसेको थियो ।
बन्द भएको व्यवसायबाट प्रेरणा
हाम्रो पारिवारको नेतृत्वमा २७ वर्ष अगाडि गार्मेण्ट उद्योग सञ्चालन भएको थियो । त्यतिबेला एकसय जति कर्मचारी थिए ।
म एक वर्षको फेसन डिजाइन कोर्स पढ्न भारत गएकी थिएँ । स्वदेश फर्केर उही व्यवसाय सम्हाल्ने सोँचले । तर तत्कालीन राजनीतिक अस्थिरताका कारण गार्मेन्ट उद्योग बन्द भयो ।
३० लाखको लगानी डुब्यो । त्यतिबेलाको समयमा यो एकदम धेरै रकम हो ।
तर पनि मेरो बुबाले भन्नुभयो, ‘सिक्ने हो लाइफमा यस्तो पनि हुन्छ, नआत्तिनू ।’ बुबाको यो वाक्यले मलाई व्यवसायिक यात्रामा प्रेरणाको काम गर्यो ।
सफलता कुनै मिराकल होइन
मैले पढेको विषय पनि विजनेस हैन । राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेकी हुँ ।
म कुनै एउटा कारणले यो क्षेत्रमा आएको जस्तो लाग्दैन । धेरै सामाजिक कारणले मलाई यस क्षेत्रमा आउन प्रेरित गर्यो ।
३० लाखको लगानी डुब्यो । त्यतिबेलाको समयमा यो एकदम धेरै रकम हो ।
तर पनि मेरो बुबाले भन्नुभयो, ‘सिक्ने हो लाइफमा यस्तो पनि हुन्छ, नआत्तिनू ।’
आफूभन्दा ठूलाको कुरा सुन्ने मेरो बानी थियो । आमाका साथीहरु घरमा आउने बेलामा उहाँहरुका कुरा सुन्थेँ । घरमा दुःख पाएको, श्रीमानका कारण समस्यामा परेको कुरा सुन्थेँ । अनि मलाई अझ लाग्यो हामी आफैँ आत्मनिर्भर बन्नुपर्छ नै । आर्थिक रुपमा सशक्त पनि बन्नुपर्छ ।
सबभन्दा ठूलो कुरा चाहिँ आत्मनिर्भर हुनुपर्ने रहेछ, आर्थिक रुपमा सशक्त हुनुपर्ने रहेछ । सामाजिक रुपमा भएको सिकाइ र आमाले हुर्काउनुभएको बलियो चेतनाले म बलियो हुँदै गएँ ।
आमाको काखमा सिकेको कुरा आज पनि सम्झना आउँछ । उहाँको कुरालाई ध्यानमा राख्छु । स्कुलमा पढाइ हुने नैतिक शिक्षा र आमाको कुरालाई जहिले सम्झिन्छु । यिनै कुराले अघि बढ्न सघाएका हुन् ।
एकैपल्ट झ्वाट्ट केही भएको छैन, हुँदैन । सफलता कुनै मिराकल पनि होइन ।
क्रमशःविस्तारै व्यवसायमा प्रवेश गरेकी हुँ । हरेक वर्ष केही न केही खुड्किला चढिरहेजस्तो लाग्छ ।
राष्ट्रिय पञ्चायतको पहिलो महिला मेयर गीता राणाको बुहारी भएको कारण पनि जीवनयात्रामा थप बल पुग्यो । उहाँ साथीजस्तो हुनुहुन्थ्यो । खुला परिवार, श्रीमानको साथले खेलेको भूमिका मेरो जीवनमा उल्लेख्य रहेको छ ।
सकारात्मक सोँचले अग्रगामी बनाउँछ
अप्ठेरामा पनि सकारात्मक सोंच लिने मेरो स्वभाव छ । ध्यान गर्ने बानीले जीवनमा मद्धत गरेको छ । केही नराम्रो हुँदा पनि राम्रो हुनलाई होला भन्ठान्छु ।
मेरो लगानी स्वास्थ्य, अटोमोबाइल, पर्यटन, हस्पिटालिटी, बैंकिङ क्षेत्र र कृषिमा छ । अब कोभिड १९ कै कारण त पर्यटन क्षेत्रमा झन् कत्ति ठूलो नेगेटिभ प्रभाव छ ।
तर म नेगेटिभ सोंचले कहिल्यै ग्रस्त हुदिँन । आजसम्म म यो अवस्थामा आइपुगेको पनि सकारात्मक सोंचका कारण नै हो ।
महिला उद्यमीका कुरा
महिला भएर उद्योग व्यवसायमा स्थापित हुनु ठूलो चुनौतीको कुरा हो । नेपालमा लघु र अलि–अलि मझौला क्षेत्रमा मात्र महिलाको लगानी र नेतृत्व छ । म त उद्योगपति पनि पुरुष मात्र देख्छु । उद्योगमा महिला सहभागिता बढिरहेको छ । तर, पुस्तैनी व्यवसायमा बढी सहभागिता भएको पाउँछु ।
समग्र महिलाको कुरा गर्दा ठूलो व्यवसाय गर्ने अवस्था अझै कम छ । हामी जोखिम व्यहोर्न कम आँट गर्छौं । आँटिलो हुनुपर्छ लगानी गर्न । व्यवसाय डुब्यो भने के गर्ने भन्ने डर महिलालाई अलिक बढी हुन्छ। धितो राख्ने निर्णायक अधिकार पनि हुन्न महिलालाई ।
राष्ट्रिय पञ्चायतको पहिलो महिला मेयर गीता राणाको बुहारी भएको कारण पनि जीवनयात्रामा थप बल पुग्यो । उहाँ साथीजस्तो हुनुहुन्थ्यो ।
मलाई भने त्यत्ति गाह्रो परेन । केही धितो राखेर व्यवसाय गर्नु परे पनि समस्या थिएन मेरो केसमा चाहिँ ।
इन्टरनेट र प्रविधिका कारण महिलाले सिक्ने अवसर बढेको छ । एक्सपोजर पाउने क्रम बढेको कारण पनि आज अलिक राम्रो हुँदैछ ।
महिलालाई मोबिलिटी रेस्ट्रिक्सन छ । म आफैंलाई त छ । महिलाहरुलाई सामाजिक रुपमा अप्ठेरो थियो । अहिले पनि छ । राति अलिकति अबेर घर आयो भने के र किन भन्ने प्रश्नको जवाफ दिनुपर्ने अवस्था आज पनि छ ।
म महिला पुरुषमा भिन्नता नदेख्ने परिवारमा हुर्केँ । विवाहपछिको परिवार पनि त्यस्तै रह्यो । तर, अरु महिलाको धेरै समस्या देख्थेँ ।
महिला भएकै कारण अलिक बढ्दा चुनौती भने छँदैछ । मलाई पनि सुरुसुरुमा अप्ठेरो लाग्थ्यो, मनोवैज्ञानिक किसिमले । महासंघमा सबै पुरुषहरुका अगाडि एक्लो हुँदा असहज लाग्थ्यो र साथीहरुलाई बोलाउँथेँ । आज चाहिँ कुनै जेन्डर नै देख्दिनँ म । जैविक भिन्नता मात्र होला ।
एउटा महिला भएर लिड गरिरहेको कुराले खुसीका साथ चुनौती दिइरहेको छ ।
सुखदुःखका क्षण
१४–१५ वर्षको यात्रामा महासंघमा पनि अस्वस्थ प्रतिस्पर्धा गरेको देख्दा बहुत दुख्छु म । त्यस किसिमका घटनामा सामेल हुन पनि मन लाग्दैन ।
पहिला सदस्यमा चुनाव उठ्दाको समयमा मेरो अन्तरवार्ता लिन आउँदा म भाग्थेँ । महिला साथीहरु चाहिँ उत्साहित हुँदै बोलाउँथे ।
मैले पुरुषहरुको मतले जितेको हुँ । अधिकतम मत ल्याएर अध्यक्ष जितेँ । पुरुषको साथ भयो भने महिलाको जीवनमा पनि सफलता मिल्छ।
मैले पुरुषहरुको मतले जितेको हुँ । अधिकतम मत ल्याएर अध्यक्ष जितेँ । पुरुषको साथ भयो भने महिलाको जीवनमा पनि सफलता मिल्छ।
जिन्दगीको कमाइ
आराम गर्न समय नपाउने कर्म हो व्यवसाय । म आफूलाई सामाजिक उद्यमी भन्न रुचाउँछु । उद्यमी बनेर पैसैपैसा कमाउन मात्र लागेको छैन म ।
व्यक्तिगत रुपमा कसैलाई सहयोग गर्न पाउँदा पुलकित हुन्छु । बालबालिकाहरुलाई छात्रवृत्ति दिने गरेको कामले धेरै सुख प्राप्त हुन्छ।
म कसैलाई दुःख परेको हेर्न सक्दिनँ ।
उद्यमी भएकोमा कुनै पछुतो छैन ।
मैले व्यापार प्रदर्शनीबाट १०–१२ हजार जति कमाइ गरेको थिएँ । मेरो जिन्दगीको पहिलो कमाइ यही थियो । तर, पैसा जम्मा गर्ने बानी चाहिँ थिएन । खर्चालु थिएँ म । त्यो कमाइबाट परिवारलाई उपहारहरु किनेको थिएँ ।
रुचि/रहर
एकदम रमाइलो र आनन्द लाग्ने भनेकै कला, साहित्य र संगीतमा हो ।
मैले कत्थक नाच पनि सिकेको छु । सितार बजाउँछु । सङ्गीत भनेको त बाँचुञ्जेल रहने कुरा हो नि । सङ्गीतमा केही गर्छु अब ।
उद्यमी हुनु भनेको नियमित पाठक हुनु पनि हो । अध्ययन गर्नु स्वास्थ्यका लागि पनि जरुरी हुन्छ । हरेक रात १२–१ बजेको समयमा किताब पढ्छु । उपन्यास, जीवनी र आध्यात्मिक विषयका किताब पढ्छु ।
लकडाउन जीवन
कोभिड १९ ले विश्वलाई नै समस्या पारेको छ । सानो अर्थतन्त्र भएको नेपाल जस्तो देशका लागि त यो ठूलो चुनौती थियो । र, जनताका लागि सहयोग कसरी गर्ने भन्ने हामी सबैको चासोको विषय थियो ।
हाम्रो तयारी र स्वास्थ्य सेवा तुलनात्मक रुपमा बलियो नहुँदाको अवस्थामा पनि नेपालले ठूलो क्षति व्यहोर्नु परेन । यो कुरा सकारात्मक मान्नुपर्छ ।
मैले कत्थक नाच पनि सिकेको छु । सितार बजाउँछु । सङ्गीतमा केही गर्छु अब ।
हामीले राहतकोषमा सहयोग गर्नेदेखि मास्क, पीपीइ र अत्यावश्यक सामाग्री आपूर्ति व्यवस्थाका लागि उद्योग वाणिज्य मन्त्रालयसँग नियमित सहकार्य गर्यौं ।
खाद्यान्न र औषधि जस्तै अति आवश्यक सामाग्रीको सहज आपूर्तिका लागि ७७ जिल्लामै नेटवर्क छ हाम्रो । सप्लाइ चेन नटुटाउने गरी पदाधिकारी, कार्यसमिति, जिल्लाका वस्तुगत सबै कमिटीहरुले यसका लागि काम गरेका छन् ।
मन्त्रालयमा दिनहुँ बैठक पनि हुन्थ्यो हाम्रो । लकडाउनको समयमा एकदम व्यस्त भएँ ।
जिन्दगीमा छुटेका धेरै कुरालाई समय दिन पनि पाएँ । मुभि हेर्न जाउँ भने नि समय नहुने व्यस्तताबाट परिवारसँग टाइ अप हुने र सँगै बस्ने मौका पनि सुखद रह्यो । समय छैन भन्ने अवस्था रहेन ।
मलाई संगीतमा सानैदेखिको रुचि थियो । यसमा दैनिक समय दिन पाएँ । मलाई कला र सिर्जनशील कुरामा एकदम प्रेम छ ।
एकातर्फ डर पनि थियो । अनि, बास्केट बल र पुल टेवलमा पुल खेल्ने, सँगै पकाएर सँगै खाने, ज्ञान र मनोरञ्जनका लागि सिरियलहरु हेर्ने जस्ता कामका लागि पनि पर्याप्त समय पाइयो ।
अर्थतन्त्र डामाडोल भएको छ, अहिलेको अवस्थामा नाफा होइन, व्यवसाय बन्द हुन नदिने मात्र हो । साना खुद्रा व्यापारीदेखि ठूला व्यवसायीलाई पनि सहज बनाउन लागिपरेका छौं ।
युवाउद्यमीलाई टिप्स
युवाउद्यमीले पढ्नु जरुरी छ । राजनीति, अर्थशास्त्रका विषय अध्ययन गर्नुपर्छ ।
सर्वप्रथम व्यवसाय सुरु गर्नुअघि योजना बनाउनुपर्छ । राम्ररी बुझेर सम्भावनाको सर्भे गरेर अघि बढ्नुपर्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago