काठमाण्डौ । देशभरका स्थानीय निकायको मतगणना जारी रहँदा फ्याक्ट्स नेपाल नामको संस्थाले आफूले गरेको सर्वेक्षण सार्वजनिक गरेको छ । 

यो संस्थाले सर्वेक्षणपछि गरेको प्रक्षेपणलाई आधार मान्ने हो भने योपटक धरान र इटहरी उपमहानगरपालिका नै एमालेले गुमाउनुपर्नेछ । 

यी दुवै क्षेत्र एमालेले आफ्नो लालकिल्ला मान्दै आएको छ । तर, फ्याक्ट्स नेपालको सर्वेक्षणले भने यी दुवै उपमहानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेद्वारले नै हार्ने देखिएको छ । 

धरान र इटहरीमै गठबन्धनकोतर्फबाट मेयर र उपमेयरको उम्मेद्वार बन्नेहरुले बाजी मार्ने सर्वेक्षणले देखाएको छ । 

इटहरीमा यसअघिको निर्वाचनमा मेयर र उपमेयर नै एमालेले जितेको थियो भने यो पटक गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका उम्मेद्वार र उपमेयरमा नेकपा एसका उम्मेद्वार चुनावी मैदानमा छन् ।

 

यस्तै, धरानमा ०७४ सालको निर्वाचनमा एमालेले मेयर र उपमेयर नै जितेको थियो । पछि मेयरको मृत्युपछि भएको उपनिर्वाचनमा भने कांग्रेसले मेयर जितेको थियो । यो पटक गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसले र उपमेयरमा माओवादी केन्द्रले उम्मेद्वार उठाएका छन् ।