काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको दुईतिहाई बहुमत पाउने भएको छ ।
बाम गठबन्धनसँगको निरन्तरको छलफलको क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेत सरकारमा जान सहमत भएपछि ओली नेतृत्वको सरकार दुुईतिहाई बहुमतको बन्ने भएको हो ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान भएको वार्तापछि यादव सरकारमा आउन सहमत भएका बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार फोरमले उठाउँदै आएको संविधान संसोधनको मागमा एमाले र माओवादी सकारात्मक भएपछि सो सम्बन्धमा लिखित सहमति गरी फोरम सरकारमा आउन तयार भएको हो ।
यादवले छलफलको क्रममा आफूहरुले २ मन्त्रालय पाउनुपर्ने माग राखेका छन् । यादव स्वयम् परराष्ट्र मन्त्रीको रुपमा सरकारमा सहभागी हुने स्रोत दाबी गर्छ । फोरम समेत सरकारमा आउने भएकै कारण सोमबार प्रधानमन्त्रीले ४ मन्त्रीलाई मात्र सपथ खुवाएका हुन् ।
फोरमलाई दिएपछि बाँकी रहेका मन्त्रालयमा एमाले र माओवादीबीच पुनः भागबण्डा हुने र तेश्रो चरणमा सबै मन्त्रीहरुको एकसाथ सपथ गराउने तयारी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago