काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रको खेलका कारण सत्ता परिवर्तन हुने अवस्था आएको भन्दै कडा आलोचना गरेका छन् । संसदमा टेबल भएको अविश्वासको प्रस्तावको बिषयमा जवाफ दिंदै उनले माओवादीलाई तीखो प्रहार गरिरहेका छन् । सो क्रममा माओवादीले यसपटक चाहि छापामार शैलीमै आफूविरुद्ध प्रहार गरेको भन्ने आरोप लगाएपछि संसद भवनमा हाँसोको फोहोरा छुट्यो । ओलीले कटाक्ष गरिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि डल्लो परी परी हाँसिरहेका देखिए । 

ओलीले कांग्रेसलाई समेत कटाक्ष हानिरहेका छन् । उनले कांग्रेसले ठूला ठूला दल मिलेर सरकारमा बस्नै हुँदैन भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरेको भनेपछि पनि संसदमा हाँसोको फोहोरा छुट्यो । 

उनले प्रचण्डको च्यातिएको मन आफूले धेरैपटक सिउने कोसिस गरेको भन्ने प्रसंग ल्याएपछि संसद भवनमा फेरि हाँसोको फोहोरा छुट्यो । ‘मैले मेरो मित्रलाई देख्दा आज अरुणा लामाको मन सिउने गीत कोशिश गरिरहेको छु ।’ संसदमा हाँसोको फोहोरासँगै उनले थपे–‘मैले धेरैपटक उहाँको मन सिउने कोसिस गरेँ । आज उहाँको च्यातिएको मन सिएर पठाउँछु भोलि बिहान फर्केर आउँदा फेरि फाटेको छ । फेरि सिलाएर पठायो फेरि उस्तै भाको छ ।’