Binod Chaudhary
काठमाण्डौ । पार्टी अध्यक्ष केपी ओलीले उपेक्षा गरेपछि नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले एमाले छाडेका छन् । उनी ०६४ सालको संविधानसभा निर्वाचनको समानुुपातिक सूचिबाट एमाले सभासद भएका थिए ।
नेता माधव नेपाल शक्तिमा रहेको बेला एमालेको समानुुपातिक सभासद रहेका चौधरीलाई केपी ओली पार्टी अध्यक्ष भएपछि पाखा लगाइएको थियो । ओलीले उनलाई सधैं ओझेलमा पार्ने काम गरेका थिए ।
चौधरीले ०७० सालको चुनावमा नवलपरासीबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका थिए । तर, ओलीको असहयोगका कारण सो कुरा चर्चामै सीमित बन्न पुुगेको थियो ।
ओली समूहको पार्टीमा दबदबा बढेपछि नेपाल निकटका चौधरीलाई पाखा लगाउने काम गरिएको र यहीकारण चौधरी लामो समयदेखि राजनीतिबाट टाढै रहेका थिए ।
तर, ठीक १० वर्षपछि फेरि उनी राजनीतिमा प्रवेश गरेका छन्, तर फरक पार्टीमा । चौधरीले एमाले छाडेपछि कांग्रेसले उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनको समानुुपातिकको सूचिमा राखेको छ ।
कांग्रेस महामन्त्री सशांक कोइराला लगायतका केही नेताहरुको अथक प्रयासपछि चौधरीलाई समानुुपातिक सूचिमा पारिएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
निर्वाचनको मुखमा चौधरीको कांग्रेस प्रवेशले चौतर्फी देखिएको बाम गठबन्धनको उत्साहमा केही भए पनि असर गर्ने कांग्रेस नेताहरुको दाबी छ ।
तर, एमालेका एक नेताले भने चौधरी कांग्रेसमा प्रवेश गर्दा आफ्नो पार्टीलाई कुनै असर नहुने दाबी गरे । ‘कांग्रेसले चुनाव खर्च पाएपछि चौधरीलाई समानुुपातिकमा राखेको हो ।’ ती नेताले भने–‘यो कुराले एमालेलाई खासै असर गर्दैन ।’
विनोद चौधरी देशकै प्रतिष्ठित उद्योगी हुन् । उनी अमेरिकी पत्रिका फोब्र्सको अर्बपति सूचिमा नेपालबाट पर्न सफल भए मात्र व्यक्ति हुन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago