Kp Oli
काठमाण्डौ । देशका ३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधनको क्रममा आफूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदबाट राजीनामा बुझाइसकेको खुलासा गरेका छन् ।
उनले आफू पदलोलुप नरहेको र सत्ता लम्ब्याउन समेत नखोजेको प्रष्टीकरण दिंदै राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।
राजीनामाअघि उनले केही घण्टा आफूविरुद्ध पेश भएको प्रस्तावको बिषयमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सो क्रममा उनले सम्बोधनको अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध कटाक्ष केन्द्रीत गरेका थिए । उनले सरकारले गरेका राम्रा काम र जनस्तरबाट पाएको अथाहा समर्थनलाई नै माओवादीले असफलता भनी व्याख्या गरेकोमा आश्चर्य व्यक्त गरेका थिए ।
सम्बोधनअघि नै राजीनामा
राष्ट्रपति निकट स्रोतका अनुसार संसदमा सम्बोधन गर्न जानुअघि नै ओलीले आफ्नो पदबाट राजीनामा पेश गरिसकेका थिए । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि ओलीको राजीनामा आउने अनुमान गरिएको थियो ।
ओली माओवादी, राप्रपा नेपाल, मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक), जनमोर्चा लगायतका दलको समर्थनमा गत असोज २४ गते प्रधानमन्त्रीमा विजयी भएका थिए । त्यसबेला उनलाई संसदका ३ सय ३८ सदस्यले मत हालेका थिए ।
तर पछिल्लो समय भारतीय डिजाइनमा कांग्रेस र माओवादी केन्द्रले सरकार बनाउने खेल खेलेपछि प्रमुख सत्ता साझेदार माओवादी केन्द्रकै प्रस्तावमा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । सरकार संचालनका लागि गठित संयन्त्रको संयोजक नै रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै रहस्यमय ढंगले आफैं सामेल सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका र अविश्वासको प्रस्ताव दर्ता गराउने प्रमुख प्रस्तावक नै रहेका थिए ।
ओलीको राजीनामासँगै अब नयाँ सरकार गठनको मार्ग प्रशस्त भएको छ । अबको केही दिनमा प्रचण्डको नेतृत्वमा कांग्रेस, मधेशवादी दल लगायतको सहभागितामा नयाँ सरकार गठन हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago