काठमाण्डौ । कतार एयरवेजको सर्वाधिक लोकप्रिय ट्राभल फेस्टिभल जारी छ । फेस्टिभल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुर्याई रमाइलो गर्ने अवसर प्रदान गरिनेछ । साथै, आकर्षक उपहारहरु जित्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

अगस्ट २९ देखि सेप्टम्बर ५ २०१६ मा आयोजना हुने ट्राभल फेस्टिवलअन्तर्गत यात्रीहरुलाई विश्वकै सर्वाधिक लोकप्रिय ‘होलिडे’ गन्तव्यमा रमाउने, कम्पानियन प्रमोशन अफरमार्फत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर, ४० प्रतिशतसम्मको छुट, ‘बुक मोर एण्ड सेभ मोर’ लगायत सुविधा १५ सेप्टेम्बर २०१६ देखि ३० जून २०१७ सम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । 

फेस्टिवलअन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टल लगायतमा समेत छुटको ब्यवस्था गरिने जानकारी दिइएको छ । 

अगस्ट २९ देखि सेप्टम्बर ५ २०१६ मा आयोजना हुने ट्राभल फेस्टिवलअन्तर्गत यात्रीहरुलाई विश्वकै सर्वाधिक लोकप्रिय ‘होलिडे’ गन्तव्यमा रमाउने, कम्पानियन प्रमोशन अफरमार्फत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर, ४० प्रतिशतसम्मको छुट, ‘बुक मोर एण्ड सेभ मोर’ लगायत सुविधा १५ सेप्टेम्बर २०१६ देखि ३० जून २०१७ सम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । 

कतार एयरवेज प्रिभिलेज क्लब मेम्बरहरुले ट्राभल फेस्टिवलका दौरान बुकिङ्स गर्दा ट्रिपल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । 

ट्राभल फेस्टिवल अन्तर्गतछुट र आठदिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारहरु समेत जित्नसक्ने बताइएको छ । 

फेस्टिबल अवधिभर ६ सयभन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने छन् । उपहार अन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एकजोडीका लागि ‘एराउण्ड दि वल्र्ड’ एयर ट्राभल टिकेट्स प्रदान गरिनेछ । 

त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एकजोडीका लागि टिकट जित्ने अवसरका साथै साइण्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन् । 

यात्रीहरुलाई विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास सेवाको अनुभव लिने अवसरका लागि मानार्थ अपग्रेड्स पनि प्रदान गरिने जानकारी दिइएको छ । उपहार योजनाअन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जालभित्र निःशुल्क इकोनोमी क्लास फ्लाइट, ५ वटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न  सपिङ्ग भाउचर लगायतको ब्यवस्था पनि छ । 

यही वर्षको जनवरीमा पहिलोपटक आयोजना गरिएको कतार एयरवेज ट्राभल फेस्टिवलले उपभोक्ताहरुलाई उपलब्धमध्येका सर्वोत्कृष्ट डिलको मज्जा लिने पृथक प्लेटफर्म उपलब्ध गराएको थियो । यसपटकको ट्राभल फेस्ट अवधिभर यात्रीहरुले अझ बढी आकर्षक प्याकेजेज् तथा ट्राभल डिल्स मध्यबाट आफू अनुकुल रोज्ने अवसर प्राप्त गर्नेछन् । 

यसले तिनलाई विश्व अवलोकन गर्ने अवसरका साथै विभिन्न आकर्षक उपहार समेत जित्ने अवसर प्राप्त हुनेछ । ‘हामी उपभोक्तालाई सपना हेर्न मात्र नभइ सपनालाई साकार समेत पार्न प्रेरित गर्न चाहान्छौं।’–कतार एयरवेजका प्रमुख कमर्शियल अफिसर डा. ह्यूग डनलिभीले भने । 

कतार एयरवेजले उडान भर्ने अमेरिका, मिडल इस्ट, यूरोप र अफ्रिकाका साथै विश्वभरका १ सय ५० भन्दा बढी गन्तव्यका इकोनोमी र बिजनेश क्लास रिटर्न एयरफोर्समा ट्राभल फेस्टिवल अवधिभर अफर लागू हुनेछ । 

ट्राभल फेस्टिभलअन्तर्गतका अफरको लाभ उठाउन उपभोक्ताले qatarairways.com/travelfestival लगनअन गर्न सक्छन् । साथै, यो सुविधा कतार एयरवेजका सेल्स अफिस तथा निर्धारित ट्राभल पार्टनरमार्फत पनि लिन सकिने जानकारी दिइएको छ । 

कतार एयरवेजले विश्वकै सर्वोत्कृष्ट १० एयरपोर्टमध्येको एक दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बढ्दो क्रममा रहेको १ सय ५० भन्दा बढी गन्तव्यको सञ्जालमा उपभोक्ताहरुलाई उडान सेवा प्रदान गरिरहेको छ । 

साथै, यात्रीहरुले एयरलाईनको सञ्जालमा सन् २०१६मा थपिएका लस एन्जिलिस(यूएसए), रास अल खाइमा(यूएई), सिड्नी(अष्ट्रेलिया), बोस्टन(यूएसए), बर्मिङ्घम(यूके), यरेभान(अरमेनिया), एट्लान्टा(यूएसए), माराकेच(मोरोक्को) र पिसा(ईटाली) गन्तव्यको यात्राको मज्जा समेत लिन सक्ने छन् ।