Qatar airways
कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदुत पिटर ग्रिमी बड, कतारका राजदुत यूसुफ मोहम्मद अल–हायल र कन्ट्रि म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापक विस्तार योजना तथा अष्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले क्यानबेरन्सलाई दोहास्थित हमाद ईन्टरनेशनल एयरपोर्ट(एचआईए)को माध्यमबाट ब्यापक वैश्विक सञ्जालसँग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे ।
‘अष्ट्रेलियामा हाम्रो पाँचौ गन्तव्यका रुपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुहरुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिटमार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने ।
क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रतिहप्ता भन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ ।
कतार एयरवेजले आफ्नो बोइङ बी७७७ विमानमार्फत क्यानबेराका लागि दैनिक उडान सेवा उपलब्ध गराउने छ । बी७७७द्वारा बिजनेस क्लासमार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमी क्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै फ्लाइटमा यात्रा गर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधा सम्पन्न मनोरञ्जन प्रणालीमार्फत यसमा उपलब्ध रहेका बहुसंख्यक मनोरञ्जनका विकल्पको मज्जा लिनसक्ने छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago