दुबई । कतार एयरवेजले दोहादेखि बैंककका लागि जुन १ देखि पाँचौ नन् स्टप फ्लाइट सञ्चालनमा ल्याउने भएको छ ।

फुकेटका लागि दूई दैनिक फ्लाइट र पाँच महिना अगाडि सञ्चालनमा ल्याइएको क्राबी अपरेशन(हप्ताको चार फ्लाइट)ले कतार एयरवेजको थाइल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पुर्याएको छ ।

थाइल्याण्डमा सेवा विस्तार सँगै कतार एयरवेजले टूरिजम अथोरिटी अफ थाइल्याण्डसँग आन्तरिक पर्यटन विस्तारमा टेवा पुर्याउन मेमो¥यान्डम अफ अन्डरस्ट्याण्डिङमा हस्ताक्षर समेत गरेको छ ।

एमओयूमा कतार एयरवेजको चिफ कमर्सियल अफिसर एहब अमिनले कतार एयरवेज गु्रपका प्रमुख कार्यकारी महामहिम अकबर अलबाकर र टुरिजम अथोरिटी अफ थाइल्याण्डका लागि ईन्टरनेशनल मार्केटिङ(यूरोप, अफ्रिका, मडिल इस्ट र अमेरिका)का उपगभर्नर टानस पेट्स्वानको उपस्थितिमा गरेका थिए ।

दुबइमा आयोजित अरेवियन ट्राभल मार्केटको पहिलो दिनमा सो हस्ताक्षर गरिएको हो । समारोहमा टूरिजम अथोरिटी अफ थाइल्याण्डका गभर्नर युथासाक सुपासोर्न, टूरिजम अथोरिटी अफ थाइल्याण्ड, दुबइ र मिडल इस्ट अफिसर चलेर्मसाक सुरानन्तलगायत संस्थाका अन्य उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

बैंकका विश्वका अधिकांश देशका लागि घुम्न मात्र होइन, विजिनेशका लागि समेत राम्रो गन्तव्य हो । अधिकारीहरुले कतार एयरवेजको उडान सेवा बिस्तारले थाइल्याण्डको पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।