काठमाण्डौ । काठमाडौंका ठूला विद्यालयहरुले पाठ्यक्रमकै अंशका रुपमा विद्यार्थी भ्रमणमा लगानी गर्न थालेका छन् । 

सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई अमेरिका भ्रमणमा लैजाँदा यूल्लेन्स स्कूूलले हर्ष ब्यक्त गर्यो । 

यूलेन्स स्कूलमा अध्ययनरत ४२ हाई स्कूल विद्यार्थीहरु जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा जाँदैछन् । भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिङ्टन डिसी लगायत स्थानको भ्रमण गर्नेछन् । 

यो भ्रमणको मूूल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृति जान्ने अवसर प्रदान गर्नु हो । विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथसोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाट, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवालोकन गर्ने जानकारी दिइएको छ । 

ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७ का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेजमार्फत भ्रमण दल अमेरिका घुम्नेछ । कतार एयरलाइन विश्वस्तरीय सुविधा र बिनम्र चालक दलका लागि प्रख्यात छ । 

कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा  लाने क्रममा स्मरणीय एन फ्लाइट प्रदान गर्न पाउँदा उल्लेन्स स्कूलले खुशी व्यक्त गरेको छ । 

कतार एयरवेजले  न्यूयोर्क, एट्लान्टा, वासिङ्टनडीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा  दैनिक उडान भर्ने गरेको छ ।