काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको क्रममा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड बढी कमिसन रकम डिल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
उनले स्वीस कम्पनीका स्थानीय एजेन्टसँग सेक्युरिटी प्रेस खरीदका लागि ७० करोड बढी कमिसनको बार्गेन गरेको अडियो संचारमाध्यमहरुमा सार्वजनिक भएको थियो ।
यस्तो अडियो टेप सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा राजीनामा दिनुपर्ने दवाबमा परेका थिए । पार्टीभित्रैबाट समेत अधिकांशले उनलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाएका थिए ।
सामाजिक सञ्जालमा समेत उनको कमिसन प्रकरण भाइरल बनेको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विषयमा छानबिनको माग गर्दै माथिल्लो सभा नै अवरुद्ध गरेको थियो ।
कांग्रेसले विज्ञप्ति नै प्रकाशन गरी संचारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेका थियो । तर, सरकारले उनीमाथि एक्सन लिनुअघि नै प्रधानमन्त्री केपी ओलीको सल्लाहअनुसार बास्कोटाले राजीनामा दिएका हुन् ।
उनले आफ्नो ट्वीटरमा लेखेका छन्-'मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनमा दिएको जानकारी गराउँदछु । धन्यवाद ।'
यसैबीच, यो विषयमा छानबिनको माग गर्दै कांग्रेसले संघीय संसदको बैठक अवरुद्ध गरेको थियो । सो क्रममा सभामुख अग्नीप्रसाद सापकोटाले संचारमन्त्रीले राजीनामा दिइसकेको जानकारी सदनलाई गराएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19