काठमाण्डौ । नेपाली कांग्रेसले वीपीको आदर्शलाई बचाउन नसकेको निश्कर्षसहित गोप्य रुपमा गठनको तयारी गरिएको ‘नेपाली कांग्रेस(वीपी)’को पहिलो महाधिवेशन आगामी बैशाखमा हुने भएको छ ।
नेपाली कांग्रेसले वीपीको समाजवादी चिन्तनलाई दुरुपयोग गरेको र यसको नेतृत्व चरम नातावाद, कृपावाद, भ्रष्टाचार र सिद्धान्तहीन दलदलमा फसेको निश्कर्ष निकाल्दै कांग्रेसकै असन्तुुष्ट केही पूर्वमन्त्री, डेढदर्जन बढी पूर्व सांसद, सोही संख्याका बहालवाला सांसद समेतको सहभागिता र सहयोगमा धमाधम संगठन बिस्तार भइरहेको र पार्टीको पहिलो महाधिवेशन बैशाखमा हुने निर्णय भएको एक नेताले बताए ।
उनकाअनुसार नयाँ कांग्रेस पार्टी गठनको काममा लागेका नेताहरुबीच हाल निर्वाचन आयोगमा दर्ता रहेको नेपाली कांग्रेस राष्ट्रवादीको ब्यानरमै महाधिवेशन गर्ने र सोही महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी ‘नेपाली कांग्रेस(वीपी)’ राख्ने सहमति भएको छ ।
‘नयाँ पार्टीले वीपीको समाजवादी चिन्तनलाई अक्षरंश कार्यान्वयन गरी प्रजातान्त्रिक समाजवादप्रति आस्था राख्ने सबैलाई गोलबन्द गर्नेछ ।’ ती नेताले भने–‘हाम्रो पार्टीमा केही वामपन्थी पृष्ठभूमिका साथीहरु समेत आकर्षित हुनुुभएको छ, उहाँहरुलाई समेत समेटेर वृहत पार्टी गठनको तयारी भइरहेको छ ।’ नेपाली कांग्रेस(वीपी) गठनमा लागेका नेताहरुले बैशाखअघि पार्टीमा सहभागी हुने कसैको नाम पनि सार्वजनिक नगर्ने भन्दै नाम नखुलाइदिन आग्रह गरेका छन् । ‘हामी इतिहासकै ठूलो विद्रोहको अन्तिम तयारीमा छौ ।’ ती नेताले भने–‘वीपीको चिन्तनप्रति आस्था राख्ने र अहिलेको कांग्रेसका स्वाथी नेताहरुलाई समेत हामी बिग सरप्राइज दिनेछौ ।’
ती नेताका अनुसार नयाँ पार्टी गठनको तीव्रतासँगै हालसम्म आन्तरिक रुपमा देशभरका ३० वटा जिल्लामा जिल्ला संगठन समिति बिस्तार भइसकेको छ । भरसक ७५ वटै जिल्लामा कार्यसमितिको प्रारुप तयार गरी उनीहरुको समेत वृहत सहभागितामा महाधिवेशन गर्ने नेताहरुको तयारी छ ।
नेताहरुले स्थानीय निकायको निर्वाचन हुने निश्कर्ष निकाल्दै सोही निर्वाचनमार्फत कांग्रेसको विकल्पको रुपमा नयाँ पार्टीलाई स्थापित गराउने रणनीति लिइएको दाबी गरेका छन् ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19