काठमाण्डौ । सर्वसाधारणमा झै विभिन्न दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका उम्मेद्वार नेताहरुले समेत उत्साहजनक ढंगले मतदान गरेका छन् । आइतबार बिहानैदेखि पहिलो चरणको निर्वाचन अन्तरगत ३४ जिल्लाका सर्वसाधारण लामो लाइनमा घण्टौ कुरेर समेत आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । 

विभिन्न ठाउँमा रहेका आफ्ना मतदान केन्द्रमा बिहानैदेखि पुुगेर विभिन्न दलका नेताहरुले समेत मतदान गरिरहेका छन् । 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले भरतपुरको पहिलो मतदाताको रुपमा मत खसालेका छन् । उनले बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडानम्बर ४ स्थित लक्ष्मी मावि लंकको मतदान केन्द्र खबाट मतदान गरेका हुन् ।

दाहाल सपरिवार मतदानका लागि शनिवार नै चितवन पुुगेका थिए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसको समर्थनमा उनकी छोरी रेणुु दाहाल चुनावी मैदानमा छिन् । रेणुु दाहाल र दाहाल परिवारका अन्य सदस्यले समेत सोही केन्द्रबाट मत खसालेका छन् । 

पौडेलले पनि गरे मत खसाले


यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुुगेर आफ्नो मत खसालेका छन् । 

हेटौडाबाट कमल थापाले गरे मतदान


उता, राप्रपाका अध्यक्ष कमल थापाले पनि आफ्नो मतदान केन्द्र हेटौडामा पुुगेर मत खसालेका छन् । उनले हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको केन्द्रबाट मत खसालेका हुन् । 

योगेश भट्टराईले काठमाण्डौबाट खसाले मत


यस्तै, एमालेका युवा नेता तथा सचिव योगेश भट्टराईले काठमाण्डौबाट मत हालेका छन् । उनले काठमाण्डौ महानगरपालिका २९ डिल्लीबजारस्थित कन्या क्याम्पस केन्द्रबाट बिहान ८ः१५ बजे मत खसालेका हुन् । 

गोरखा पुुगे बाबुराम भट्टराई


नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका(१ को अन्नपूर्ण मा.वि., खोप्लाङ मतदानकेन्द्रमा मतदान गरेका छन् ।

नुुवाकोटबाट परराष्ट्रमन्त्रीले मत खसाले


परराष्ट्रमन्त्री प्रकाशशरण महत नुवाकोटको पञ्चकन्या गाउापालिका २ थान्तीभञ्याङबाट मतदान गरेका छन् । 

बिजुक्छे पनि हाले भोट
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको विद्यार्थी निकेतन मावि केन्द्रबाट मत खसालेका छन् । उनले २० वर्षपछिको स्थानीय निकायको निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने प्रतिक्रिया दिएका थिए । 

मेयरका उम्मेद्वारहरुले पनि मत खसाले
यस्तै, काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेद्वारहरुले समेत आ आफ्नो केन्द्रमा पुुगेर मत खसालेका छन् । मेयरकी कान्छी उम्मेद्वार रञ्जुु दर्शना टेम्पो चढेर मतदानस्थल पुुगेकी छिन् । साझा पार्टीको तर्फबाट मेयरका उम्मेद्वार किशोर थापाले सपरिवार मतदान गरेका छन् भने मेयर पदमा कांग्रेसका उम्मेद्वार राजुराज जोशीले पनि मत खसालेका छन् ।