-धर्म मलाशी
काठमाण्डौ । कोरोनाभाइरसले देशको सबैभन्दा ठूलो पर्यटकीय र व्यापारिक केन्द्र ठमेल र न्यूरोड क्षेत्र सुुनसान भएको छ । 

सर्वप्रथम चीनमा देखिएको भाइरस फैलिदै बाँकी विश्वमा समेत पुुगेको र यसको नियन्त्रणमा नेपालले भरपर्दो प्रयास नगरेपछि यसको प्रभाव नेपाली पर्यटन र आर्थिक क्षेत्रमा समेत देखिन थालेको छ । 

सधंैजसो पर्यटकको भिडभाड हुुने ठमेल क्षेत्र अहिले बेहुली अन्माएपछिको घरजस्तै सुनसान बन्न पुगेको छ । सबैजसो पसल, होटल, रेष्टुुरेन्ट, मनी एक्सेन्ज, ह्यान्डी क्र्याफ्टका पसल, पस्मिना, बार, क्लब ट्राभल एजेन्सीहरु, हवाई टिकट बुुकिङ काउन्टरहरु ग्राहकविहीन बनेका छन् ।

दैनिक करौडको व्यापार हुुने यो क्षेत्रको व्यापार पछिल्लो दिन खुम्चिएर लाखमा झरेको छ । व्यापारीहरुको अहिलेको दैनिक काम भनेको बिहान पसल खोल्नुु र ग्राहकको प्रतिक्षामा झिंगा मार्दै दिन कटाउनुु मात्रै भएको छ । यस क्षेत्रमा धेरैजसो देखिने चिनियाँ पर्यटकको आगमन नै नभएपछि यहाँको रौनकमा कमी आएको हो । 

यस क्षेत्रमा पर्यटकलाई लक्षित नेपाली सीप र सामाग्री प्रयोग गरी बनाइएका वस्तुुहरु बिक्री गर्ने ह्यान्डी क्राफ्टका पसलहरु खरीद गर्ने पर्यटक नपाउँदा पलायन हुुने मोडमा पुुगेका छन् । 

ठमेल क्षेत्रमा रहेको पनेरु ह्यान्डी क्राफ्टका संचालकले यदि यही अवस्था अझै दुई तीन साता रहिरहे व्यापारको अन्य विकल्प खोज्नुुको अन्य उपाय नदेखेको बताए । “उसै त ह्यान्डी क्राफ्टका सामान महङ्गो हुुने भएकाले पहिले पनि कम बिक्री हुन्थ्यो, अब त झन कोरोनाले गर्दा त्यो पनि हुुुन छोड्यो । यस्तो पाराले त कतिञ्जेल टिक्न सकिएला र खै ?” उनले निराश मुुद्रामा भने । 

उनको जस्तै व्यथा व्हेल आर्ट एण्ड क्राफ्टका सञ्चालकको पनि देखियो । आफूहरुको मुख्य ग्राहक नै पर्यटकहरु भएको र अब पर्यटक नै नआएपछि व्यापारलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता उनले व्यक्त गरे । 

यस्तै ठमेल क्षेत्रमा धेरै संख्यामा रहेका पसलहरुमध्ये गारमेन्ट पसलको व्यापार समेत चौपट बनेको छ । पर्यटकको कमीले गर्दा गारमेन्टको व्यापारमा पनि उल्लेख्य कमी व्यापारी बताउँछन् । ठमेलमा रहेको सेतिदेवि ट्रेड फेयर एण्ड एक्सपोर्टका सञ्चालकले पर्यटकको अभावले यस क्षेत्रमा गारमेन्ट पसलहरुको व्यापार लगभग ठप्पप्राय बनेको बताए । कोरोनाभाइरसको त्रासले गर्दा विगत दुुई महिनादेखि पर्यटकको खडेरी देखिएको बताउँदै उनले भने–“पहिले दिनको ७५ देखि १०० जना सम्म पसलमा भिजिट गर्न आउथे, अहिले कोरोनाको त्रासले त्यो संख्या घटेर जम्मा १५ प्रतिशतमा सीमित भएको छ । घाटा आएर पसल खोलिरहनुुभन्दा अल्पकालका लागि पसल बन्द गर्ने सोचमा छुु म त ।” 

उनले ग्राहकको अभावको समस्यासँगै आफूहरुलाई नेपाली ह्यान्डी क्राफ्ट, गार्मेन्ट र पस्मिना समेत विदेशमा निर्यात गर्न गाह्रो परिरहेको गुुनासो पोखे । भाइरसले गर्दा अन्तराष्ट्रिय उडानहरु रद्ध भइरहेकाले आफ्ना सामानहरु नेपाली एअरपोर्टबाटै फिर्ता आइरहेको उनले बताए । “अस्ती भर्खर मैले चिनेको एकजना मित्रको इटली निर्यात गर्ने सामान फ्लाइट नपाएर एअरपोर्टबाटै फिर्ता आएछ ।’ उनले घटनाको विवरण सुुनाए । 

यस्तै अवस्था चीनबाट नेपाल आउने खादा व्यवसायको पनि छ । अन्य पसल जस्तै खादाका पसलहरुमा पनि व्यापार शून्य भएको छ । देवी इम्पोरिएमका सञ्चालक राजु उप्रेतीले नयाँ सामाग्रीको अभाव र पर्यटक पनि नभएकाले खादाको व्यापार चौपट भएको बताए । 

चिनियाँ र अन्य पर्यटकले भरिभराउ हुुने होटेल र रेस्टुुरेन्टहरु पनि सुुनसान देखिन थालेका छन् । होटलका अकुुपेन्सी दरमा व्यापक गिरावट आएको छ । पहिले बुुकिङ भएका होटलका रुमहरु एकाएक रद्ध भइरहेका छन् । 

नेपाल भ्रमणवर्ष लक्षित गरी ठमेल क्षेत्रमा खोलिएका नयाँ होटलहरुको लगानी पर्यटकको अभावले गर्दा डुुब्ने खतरा बढेको छ । अझ सरकारले भ्रमण वर्ष नै रद्ध गर्ने निर्णय गरेसंगै अवस्था झनै खराब हुुने देखिएको छ । यसले होटल मात्रै नभई त्यस क्षेत्रमा रहेका ट्राभल एजेन्सी कम्पनीहरु पनि धरासायी हुुने सम्भावना बढेर गएको छ । 

भाइरसले देखिएको पर्यटक अभावले ठूला क्षेत्रलाई मात्रै नभई त्यस क्षेत्रका पर्यटन व्यवसायसँग जोडिएका साना व्यवसायी जस्तै रिक्सा चालक र लोडरहरुलाई समेत प्रभावित तुुल्याएको छ । लगभग ५० देखि ८० वटासम्म रिक्साचालक रहेको क्षेत्रमा अहिले रिक्साचालकहरु कामविहीन बन्न पुुगेका छन् । विगत २५ वर्षदेखि ठमेल क्षेत्रमा रिक्सा चलाउँदै आएका चन्द्रप्रसादले श्रम गरी जिविका चलाउनुु पर्ने आफूलाई रिक्सा चढ्ने ग्राहक नहुँदा ५ जनाको परिवार पाल्न मुुश्किल परेको बताए । 

त्यस्तै अर्का रिक्साचालक रामबहादुुर गुुरुङले पनि रिक्सा चलाएर परिवारका लागि जोहो गर्नै मुुश्किल परेको बताए । 

ठमेल क्षेत्रको जस्तै अवस्था ग्राहकको भिडभाड भइरहने न्यूूरोडमा समेत देखिएको छ । त्यहाँ रहेका अधिकांश होलसेल पसल र रिटेल पसलहरुमा बेच्ने सामाग्रीको अभाव देखिएको छ । धेरैजसो लत्ताकपडाको होलसेल रहेको न्यूूरोडमा चीनबाट सामान नआउँदा व्यापार सुुकेको छ । गर्मी मौसम सुुरु भइरहेको छ, तर चीनबाट सामान आउने सुुरुसार छैन । 

चीनबाट नेपाल प्रवेश गर्ने मूख्य नाकाहरु रसुुवा नाका र तातोपानी नाका भाइरसले गर्दा बन्द रहँदा नेपाल आउने सामानहरु उतै अड्किएका छन् । व्यापारीहरु पुुरानै स्टकका मालहरु बेचिरहेका छन् । रञ्जना मलका व्यापारी अशोक देवकोटाले सामान नभएर व्यापार नहुँदा सटरको भाडा तिर्न मुुश्किल परिरहेको बताए । 

“व्यापार नभएपछि आफन्त र बैंकबाट व्यापार गर्न लिएको ऋणको ब्याज समेत तिर्न हम्मे–हम्मे परिसक्यो ।” उनले आफ्नो व्यथा सुुनाए । 

न्यूरोडकै आरएलटी ट्रेडर्सका सञ्चालक कृष्ण सुुवेदीले कोरोनाभाइरसले गर्दा चीनबाट सामान नआउँदा व्यापार हुुने सिजनमा पनि व्यापार ठप्प भएको बताए । यस्तै पसलमा काम गर्ने स्टाफलाई तलब खुुवाउन समेत नसकिएको उनले बताए ।